एक महिलाले जन्माइन् पाँच शिशु – चारवटा बच्चा सकुसल, एउटा पेटभित्रै मृ’त

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहमा २८ वर्षिया सोनिका तामाङले पाँच शिशु जन्माएकी छिन् । नुवाकोटकी उनको गर्भबाट सोमबार बिहान शल्यक्रिया गरी ५ शिशु निकालिएको हो ।

गर्भको आठ महिनामै सुत्केरी बेथा लागेपछि उनको आकिस्मक शल्यक्रिया गर्नु परेको शल्यक्रियामा संलग्न चिकित्सक डा. कीर्तिपाल सुवेदीले बताए । ‘भर्ना हुँदा पेटमा चारवटा बच्चा छ एउटा मृ’त छ भनेर आउनु भएको थियो ।

शल्यक्रिया गर्दामात्रै ५ वटा शिशु भएको थाहा भयो,’ उनले भने, ‘हामी पनि छक्क पर्‍यौं, पछिल्लो बच्चाको तौल निकै कम छ ।’ मृ’त शिशुका कारण अन्य जीवित शिशुलाई असर गर्ला भनेर महिलालाई एक महिनाअघि देखि नै अस्पताल भर्ना गरेर निगरानीमा राखिएको थियो ।

उनका अनुसार मृ’त शिशुबाट निस्कने खराब रसायन (डीआईसी)ले अन्य शिशुको वृद्धि-विकासमा असर गर्ने या मृ’त्यु नै गराइदिने जोखिम थियो ।

गर्भको नौ महिना पुगेपछि शल्यक्रिया गरी सुत्केरी गराउने योजना थियो तर सोमबार बिहान उनलाई बेथा लाग्यो । चिकित्सकले तुरुन्तै शल्यक्रिया गरी सुत्केरी गराए । जन्मिएका सबै शिशु छोरी हुन् भने मृ’त छोरा थिए । उनको तौल सामान्य (२.३ केजी) भन्दा कम छ ।

शिशुहरुको तौल १.८, १.९, १.६ र ८०० ग्रामका छन् । जीवित जन्मिएकामध्ये तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको डा. सुवेदीले बताए ।

‘एउटै पाठेघरमा पाँचजना बच्चा हुनु र आठ महिनामै जन्मिएको हिसाबले तौल ठिकै मान्नुपर्छ,’ डा. सुवेदीले भने । आमाको स्वास्थ्य समान्य छ । अत्यधिक रक्तश्राब या पाठेघर नै निकाल्नुपर्ने जस्ता जोखिम हुन सक्ने भएकाले सुत्केरीलाई केही दिन निगरानीमा राखिने उनले बताए ।

एकैपटक चार सन्तान प्राप्त हुँदा बुबा हरिकुमार तामाङको अनुहारमा हर्ष र चिन्ता दुवै देखिन्थ्यो । सोमबार दिउँसो अस्पताल पुग्दा उनी श्रीमतीको लागि खाना र औषधिका लागि दौडधुप गरिरहेका थिए । ‘पेटमै एउटा मरेको भनेर सुन्दा नरमाइलो लागेको थियो अहिले चारजना जिउँदो छन्, खुशी छु,’ उनले भने, ‘केही दिन आमा र बच्चा दुवैलाई खतरा छ रे, डर पनि लागेको छ ।’

विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतीले सन्तान जन्माएका हुन् । बीचमा गर्भ रहे पनि दुईपटक खेर गएको उनले सुनाए । अब सन्तान नै हुन्छ भनेर आशा मारिसकेका उनी दिनैभर आफन्तसँग अस्पताल प्रांगणमा खुशी व्यक्त गरिरहेका थिए ।

गर्भ बसेको १२ हप्तामा भिडियो एक्सरे गर्दा चारवटा शिशु छन् भनेर थाहा पाएपछि दम्पती काठमाडौं आएर बसेका थिए । चारवटा शिशु जन्माउन कुन अस्पताल जाने, कुन चिकित्सक छान्ने भनेर उनी यो बीचमा धेरै आत्तिएको बताए । ‘आफन्तले प्राइभेट अस्पतालमा सुत्केरी गराउँदा लाखौं खर्च हुन्छ भने ।

कसैले सरकारीमा लापरबाही हुन्छ भनिदिए,’ उनले भने, ‘धेरै अस्पताल धाएरै सोधें, विशेषज्ञहरु भरपर्दा हुन्छन् र खर्च पनि धेरै लाग्दैन भनेर प्रसूति गृहमा ल्याएँ ।’

यसअघि नेपालमा महिलाले एकैपटक चार जनासम्म शिशु जन्माएको सुनिएको थियो । ‘धेरै पहिले हाम्रै अस्पतालमा एक महिलाले ५ वटा शिशु जन्माएको भनेर दावी छ तर त्यसको कुनै रेकर्ड भेटाएको छैन,’ डा. सुवेदीले भने, ‘मेडिकल साइन्सले पनि यस्तो घटना विश्वमै दुर्लभ मानेको छ, आफ्नो चिकित्सा अभ्यासमा यस्तो दुर्लभ खाले अभ्यास गर्न पाउँदा खुशी लागेको छ ।’

उनका अनुसार गर्भमा एकभन्दा बढी शिशु हुनुमा आइभीएफ (कृतिम गर्भाधान) का विधि अपनाउनु प्रमुख कारण हो तर यो दम्पतीले यस्तो कुनै विधि नपनाई गर्भ रहेको दावी गरेका छन् ।

 

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…