भारतीय प्रधानमन्त्री मोदी र नवाज सर्रिफले नेपालमा गोप्य बैठक गरेको पाकिस्तानी अधिकारीको दाबी

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार शाहबाज गिलले पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज सर्रिफ र भारतीय प्रधानमन्त्रीबीच नेपालमागोप्य भेट भएको दाबी गरेका छन् ।

उनले नवाज सर्रिफ भारतसँग मिलेको आरोप लगाए । ‘यो भन्न सक्दिन कि नवाज सर्रिफ पाकिस्तान विरोधी हुन् । तर उनी एक संर्किण सोचका व्यापारी हुन् । के पाकिस्तानी व्यापारीले भारतीय प्रधानमन्त्रीसँग भेट्छ । नवाजले आफु प्रधानमन्त्री छँदा नेपालको राजधानी काठमाडौंमा मोदीसँग गोप्य भेटघाट गरेका थिए । उनले यस भेटको जानकारी विदेश मन्त्रालयलाई पनि दिएका थिएनन् ।’

सर्रिफविरुद्ध बेलायतमा पक्राउ पुर्जी जारी गराउने ईमरान नेतृत्वको पाकिस्तान सरकारको योजनामा अहिले झट्का लागेको छ । बेलायतले पाकिस्तानको आन्तरिक राजनीतिसँग जोडिएका विषयमा दख्खल दिन नमिल्ने जानकारी पाकिस्तानी अधिकारीलाई गराएको छ ।

गिलले भारतीयहरुसँग नवाज सर्रिफको व्यापारिक सम्बन्ध रहेको दाबी गरेका छन् । उनका अनुसार केही दिनअघिमात्रै लण्डनस्थित एक देशको दूतावासमा सर्रिफले भारतीयसँग बैठक गरेका थिए । दुई दिनअघि मात्रै इमरान खानले भारतसँग मिलेर पाकिस्तानी सेनालाई कमजोर बनाउने कोसिसमा सर्रिफ लागेको आरोप लगाएका थिए ।

लण्डनमा छन् नवाज

७० वर्षीय नवाज सर्रिफ गत वर्षको नोभेम्बरदेखि लण्डनमा उपचार गराइरहेका छन् । लाहोर हाईकोर्टले उनलाई केवल चार हप्ताका लागि देशबाहिर जान अनुमति दिएको थियो, तर उनी अहिलेसम्म फर्किएका छैनन् ।

अदालतले बारम्बार आदेश गर्दा पनि नवाज सुनुवाईका लागि पेश भएनन् । जसकारण, उनलाई भगौडा घोषित गरियो । अदालतले लण्डनस्थित पाकिस्तानी दूतावासमार्फत कुटनीतिक पहल गरेर सर्रिफविरुद्ध पक्राउ पुर्जी जारी गर्न विदेश मन्त्रालयलाई आदेश दिएको थियो ।

भ्रष्टाचार मुद्दामा पाकिस्तानको सर्वोच्च अदालतले २०१७ मा दोषी ठहर गरेपछि नवाजले प्रधानमन्त्री पदबाट राजिनामा गरेका थिए । २०१८ मा पाकिस्तानी सर्वोच्च अदालतले उनले कुनै पनि सार्वजनिक पद धारणा गर्न नमिल्ने तथा १० वर्ष जेल बस्नुपर्ने फैसला सुनाएको थियो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…