पाकिस्तानले अमेरिकी प्रविधि चोरेर मिसाइल बनाएको नवाज सरिफको खुलासा

एजेन्सी । पाकिस्तानमा प्रधानमन्त्री इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफबीचको विवाद चर्किएको छ । नवाज सरिफले आफ्ना अभिव्यक्तिमार्फत लगातार सरकार र सेनामाथि निशाना साँधिरहेका छन् । यता, प्रधानमन्त्री इमरानले सरिफ भारत निकट रहेको प्रचारवाजी गरिरहेका छन् ।

यही वाकयुद्धका दौरान सरिफले नयाँ खुलासा गरेका छन् । उनले अमेरिकी प्रविधि चोरेर आफुले पाकिस्तानी सेनालाई सुदृढ बनाएको दाबी गरेका हुन् । उपचारका क्रममा लण्डनमा रहेका पूर्वप्रधानमन्त्री सरिफले देशका लागि ज्यान गुमाउने सहिदहरुप्रति आफुलाई सधैं गर्व महसुस हुने बताए । उनले पाकिस्तानी सेनाको सुदृढीकरणका लागि आफुले धेरै काम गरेको दाबी गरे ।

‘देशमा अहिले जति पनि मिसाइल्स छ, त्यसमध्ये आधा मिसाइल्स मैले तयार गरेको हुँ,’ उनले भने,‘ पाकिस्तानसँग अहिले जो टोमाहक मिसाइल्स छ, त्यो मेरै कार्यकालमा तयार भएको हो ।

तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पास्कितानमाथि मिसाइल हमला गरेका थिए र यस दौरान नपड्किएको एउटा मिसाइल हामीले फेला पार्यौं । सेनाले त्यो मिसाइललाई उठाएर पाकिस्तान ल्यायो । त्यसको इन्जिनियरिङ भयो र हामीले अहिलेको मिसाइल तयार गर्यौं ।’

उनले भने, ‘पाकिस्तानीहरुको दिमाग सानो छैन । हामीलाई गर्व छ कि हामीले यो मिसाइल्स तयार ग¥यौं ।’ नवाज सरिफ १९९३ मा पहिलोपटक पाकिस्तानको प्रधानमन्त्री चुनिएका थिए ।

उनले १९९३ सम्म पहिलो कार्यकाल चलाए । त्यसपछि १९९७ मा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भए, तर १२ अक्टुबर १९९९ मा सरिफलाई ‘कू’ गरेर पाकिस्तानी सेनाप्रमुख जनरल परवेज मुसर्रफले शासनसत्ता हातमा लिए । २०१३ मा उनी फेरि प्रधानमन्त्री चुनिए । तर, यसपटक पनि पूर्ण कार्यकाल चलाउन पाउनन् । २०१७ मा भ्रष्टाचार मुद्दामा दोषी भेटिएपछि उनले बाध्य भएर राजिनामा दिनुपर्यो ।

२०१८ मा उनले कुनै पनि सार्वजनिक पद धारणा गर्न नपाउने फैसला पाकिस्तानको सर्वोच्च अदालतले सुनायो । उनीविरुद्ध १० वर्षको जेल सजाय पनि सुनाइएको थियो ।

तर स्वास्थ्यमा समस्या देखिएपछि पाकिस्तानको अदालतले गत वर्ष नोभेम्बरमा उनलाई ४ हप्ताका लागि उपचारका लागि विदेश जाने अनुमति दियो ।

उपचारका लागि लण्डन गएका सरिफ त्यसयता फर्किएका छैनन् । उनले लण्डनमै बसेर प्रधानमन्त्री इमरान खानको विरोध गरिरहेका छन् । यता, अदालतले उनलाई भगौडाको सूचीमा राखिसकेको छ ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…