बंगलादेशसँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा लैजान तयार : चीन

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बंगलादेशका नेताहरुसँग दुई देशको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन बहुआयामिक अर्बौँ डलरको बेल्ट एन्ड रोड इनिसिएटिभको निर्माणलाई संयुक्त रुपमा प्रोत्साहित गर्न आफू तयार रहेको बताए ।

नेता सीले बंगलादेशसँग द्वीपक्षीय कुटनीतिक सम्बन्धको ४५औँ स्थापना दिवसको अवसरमा आइतबार बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदलाई बधाइ दिने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

सीले आफ्नो सन्देशमा स्थीर र दिर्घकालिन मित्रताको पक्षमा रहेको भन्दै बंगलादेशसँगको रणनीतिक विकासका लागि हमिदसँग अझै काम गर्न तयार रहेको बताएका थिए । चिनियाँ मिडियाले जनाए अनुसार बीआरआई अन्तरगत सहयोग बढाउन र चीन–बंगलादेश रणनीतिक, साझेदारी सहकार्यलाई नयाँ उचाइमा पुर्याउन चीन छ ।

२६ बिलियन अमेरिकी डलर भन्दा धेरै लगानी र ३८ बिलियन डलर अनुदान प्रतिवद्धता ग्रहण गर्ने बंगलादेश चीनबाट विशाल पूर्वाधार परियोजना प्राप्त गर्ने एक प्रमुख देश हो । यस्तै चीनले बंगलादेशी ९७ प्रतिशत निर्यातमा शुन्य सीमा कर सहित खरिद गर्ने प्रतिवद्धता पनि दिएको छ । चीनको वहुआयामिक तथा महत्वाकांक्षी परियोजना मानिएको बीआरआईले एसियादेखि यूरोप र अफ्रिकासम्म सिल्क रोड व्यापारिक मार्ग खुलाउनेछ ।

प्रारम्भिक चरणमा यसलाई ‘वान बेल्ट वान रोड, ओबीओआर’बाट चिनिने यस परियोजना भारतसँग पछिल्लो समय विवादको मुख्य मुद्दा बनेको छ । जब कि, यसको एक करिडोर पाकिस्तान शासित कश्मीर हुँदै जान्छ ।

पाकिस्तान वाहेक चीनले ६० बिलियन डलर भन्दा धेरै रकमको ‘चाइना पाकिस्तान आर्थिक करिडोर’को पहल गरेको छ । यससँगै चीनले बंगलादेश, नेपाल, श्रीलंका र माल्दिभ्समा संरचना निर्माणका लागि विशाल लगानी गरेको छ । बंगलादेश, नेपाल लगायत देशमा चीनले यसअघि कोरोनाभाइरस नियन्त्रणका लागि पनि स्वास्थ्य टोली पठाएको थियो ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…