पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण

काठमाडौँ । कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । असोज १५ गते पार्टी कार्यालय सानेपामा गरिएको परीक्षणमा थापालाई कोरोना पुष्टि भएको हो ।

थापाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् ।

त्यस्तै थापाले यसबीचमा आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन र कुनै समस्या आए स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि अनुरोध गरेका छन् ।

यसअघि कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि सामाजिक सञ्‍जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए ।

१५ गते कांग्रेस कार्यालयमा २ सय ४० जनाको परीक्षण गरिएको थियो । यसमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, उनीहरुका सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी थिए ।

परीक्षण गरिएकामध्ये २०-२२ जनाको नतिजा आउन बाँकी रहेकाले सबैको नतिजा आएपछि आइतबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने तयारी पनि गरेको छ ।  १९ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय समिति बैठकका लागि परीक्षण गराइएको थियो ।

भर्खरै प्रकाशित

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…

रुपा सुनारलाई कोठा भाडामा नदिने आरोपित रिहाई

काठमाडौं । जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् । उनी बुधबार दिउँसो रिहाई भएकी हुन् ।…

सर्वोच्च अदालतको निर्णयप्रति एमाले नेता भीम रावलले दिए यस्तो प्रतिकृया

काठमाडौं । एमाले नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका घात र बेथितिलाई सर्वोच्च अदालतले खारेज गरेको बताएका छन्। मंगलबार सर्वोच्च अदालतले…

पदमुक्त भएका मन्त्रीलाई प्रधानमन्त्रीले भने: ‘निवास छाडिहाल्नुपर्दैन, झण्डा छोपेर गाडी…

काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। सर्वोच्च…

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…