प्रधानमन्त्री ओलीले गरे सबै भेटघाट बन्द, बालुवाटारमा नयाँ सुरक्षा टीम जाने

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जना र सचिवालयका चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै भेटघाट बन्द गरिएको छ। शुक्रबार गरिएको स्वाब संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्रीले सबै भेटघाट बन्द गरेको बालुवाटार स्रोतले जानकारी दियो।

प्रधानमन्त्रीका प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै बालुवाटारमा कार्यरत नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका तीन गरि कुल ७४ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको हो। सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि बालुवाटारमा नयाँ टीम खटाउन लागेको सुरक्षा निकायहरु जानकारी दिएका छन्।

त्यस्तै बालुवाटारमा कार्यरत अझै ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ।

 

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…