प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र सूर्य थापालाई कोरोना संक्रमण

काठमाडौँ : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र  प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । राजनीतिक सल्लाहकार रिमालले संक्रमण भएको ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘हिजोको PCR परीक्षणबाट म मा पनि कोरोना- पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’

रिमालले शनिबार अपरान्ह ट्वीटरमा एक तस्बिर पोस्ट गर्दै अघिल्लो दिन परीक्षण गरेको रिपोर्ट सुनाएका हुन् । तर यसबारे थप केही उल्लेख गरेका छैनन् ।

शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा स्वयम्ले जानकारी दिए । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो’, थापाले भने, ‘यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

पछिल्लो २४ घण्टामा नेपालमा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…