बहराइनका राजकुमारसहितको टोलीले चढ्यो लोबुचे हिमाल

१७ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो ।

यो सिजनको पहिलो आरोहण हो । हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ ।

लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए ।

बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ ।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…