त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै : कुलपति केपी ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै भएको बताएका छन्।

विश्वविद्यालय सभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले यस्तो बताएका हुन्।

त्रिभुवन विश्वविद्यालय ख्यातीप्राप्त नालान्दा, अक्सफोड र क्याम्ब्रिज विश्वविद्यालय सरह रहेको भन्दै उनले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताए।

विद्युतीय माध्यामको प्रयोगबाट आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताए।

विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७।०७८ का नीति कार्यक्रम तथा बजेट परित गर्दै सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७७।०७८ का लागी २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारको बजेट पारित सँगै त्रिभुवन विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधीलाई बढावा दिने, परीक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्यीता अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधीमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोभिड १९ बाट सिर्जित विश्वपरिस्थितिलाई अवसरको रुपमा परिणत गर्दै उच्चशिक्ष थप सिर्जनशील एव उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गरे।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि नवप्रवर्तन केन्द्रको निर्माण गरिएको बताए।

संवैधानिक निकायमा विश्वविद्यालयका विज्ञ प्राध्यापकलाई अवसर दिन र प्राध्यापकको मर्यादाक्रमलाई कार्यान्वयन गर्न समेत कुलपतिसमक्ष उनले अनुरोध गरे।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…