मनमोहन अधिकारीले १०० रुपैयाँ वृद्धभत्ता बाँड्दा म मन्त्री थिएँ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सरकारले ज्येष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गर्दा आफू पनि मन्त्री पदमा रहेको स्मरण गरेका छन् ।

विहीबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित भिडियो सम्वाद कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वृद्धभत्ताको सुरुवाती निर्णयमा आफू सहभागी रहेको स्मरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हाल ज्येष्ठ नागरिकहरुले पाउँदै आएको ३ हजार भत्तालाई आफ्नै कार्यकालमा मासिक ५ हजार रुपैयाँ बनाउने घोषणा गरे ।

ज्येष्ठ नागरिकहरुलाई दिइने सुविधा बढाउने सरकारको मनसाय हुँदाहुँदै पनि देशको आर्थिक अवस्था कमजोर भएकाले सोचेजति गर्न नसकिएको प्रधानमन्त्रीको भनाइ थियो । मन भएर पनि धन नभएको उनले कार्यक्रममा बताए ।

महिला मन्त्रालय र ज्येष्ठ नागरिकहरुको संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिक पूर्वसचिव कृष्णहरि बास्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

साझा पार्टीले बनायो ज्येष्ठ नागरिक संगठन

यसैवीच, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर साझा पार्टीले विहीबार ज्येष्ठ नागरिक संगठन स्थापना गरेको छ ।

नवगठित साझा ज्येष्ठ नागरिक संगठनको केन्द्रीय तदर्थ समितिमा महेन श्रेष्ठ, कृष्णा ताम्राकार, प्रा.डा. जगन्नाथ श्रेष्ठ, विनय शर्मा, चक्र न्यौपाने, कीर्ति तुलाधार, विकल शेरचन, जगदीश्वर यादव, टीकाप्रसाद विमली, डा बोधप्रसाद पराजुली, घनबहादुर शाह, केवलमान श्रेष्ठ, बलराम सापकोटा, देविदत्त ज्ञवाली, तारा ढुङ्गाना लगायत रहेका छन् ।

तदर्थ समितिको संयोजकमा महेन श्रेष्ठ र महासचिवमा चक्र न्यौपाने रहेको साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…