रेम्डिसिभिर र प्लाज्मा थेरापी गर्दा पनि डा सापकोटालाई कोरोनाबाट बचाउन सकिएन

काठमाडौं । भेरी अस्पतालले कोभिड १९ का कारण पहिलो पटक मृ’त्यु भएका चिकित्सकलाई रेम्डिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको जनाएको छ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा हरी प्रसाद सापकोटाको बिहीबार दिउसो भेरी अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको थियो।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै डा सापकोटालाई रेम्डिसिभिर र प्लाज्मा थेरापी गरिएको जानकारी दिएको छ।

उनलाई फोक्सोमा निमोनिया भई समस्या बढेपछि मृ’त्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उनलाई भदौ २९ गते कोरोना पोजिटिभ देखिएको थियो। सुर्खेतमै उपचार भइरहेको भएपनि श्वासप्रवासमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल पु¥याइएको थियो।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै मधुमेह र उच्च रक्तचापका बिरामी डा सापकोटालाई अस्पताल ल्याउँदा अक्सिजन र सुगर नि’य’न्त्रणका लागि विभिन्न किसिमका इन्सुलिन र एन्टीबायोटिक चलाएपनि सुधार नभएको जनाएको छ।

उपचारको क्रममा डा सापकोटाको स्वास्थ्यमा आशातित सुधार नभएपछि थप सुविधा सम्पन्न ठाउँमा प्रेषण गर्ने हरसंभव प्रयास गरिएको भन्दै अस्पतालले अक्सिजन स्याचूरेसन निकै कम भएकोले थप दुर्घटना हुने सम्भावनाका कारण उनलाई थप उपचारका लागि रेफर नगरिएको स्पष्ट पारेको छ।

‘उहाँको फोक्सोमा सुरुमा निमोनिया र सोको परिणाम स्वरुप श्वासप्रश्वास सम्बन्धी समस्या भई अक्सिजन स्याचुरेसन घट्दो रहेकोले आज बिहान ६ बजे भेन्टिलेटरमा राखिएको थियो,’ अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

करीब १२ बजे मुटुको चाल बन्द हुँदा उनको मुटुको चाल फर्काउन सिपिआर विधि गरिएको तर दिउँसो ३ बजेर ३० मिनेट जाँदा कार्डियक अ’रेस्ट भई मृ’त्यु भएको अस्पतालले जनाएको छ।

डा सापकोटाको मृ’त्यु’ले देशको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै अस्पतालले दुख व्यक्त गरेको छ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…