खतिवडा राजदूत बनेकै दिन विद्युतीय सवारीको अन्त:शुल्क घटाइयो

काठमाडौं । सरकार विद्युतीय सवारीमा भारी कर लगाउने निर्णयबाट पछि हटेको छ । आज बसेको मन्त्रिपरिषद्ले विद्युतीय सवारीमा बजेटमार्फत ८० प्रतिशतसम्म अन्त:शुल्क लगाउने व्यवस्थाप्रति पुनर्विचार गरेको हो ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विभिन्‍न कर र अन्तःशुल्कको दर घटाएको जानकारी दिए । त्यसमा विद्युतीय सवारीसाधनमा लगाइएको अन्तःशुल्क पनि घटाइएको हो ।

आज बसेको मन्त्रिपरिषद्ले किलोवाटका आधारमा अन्तःशुल्क घटाइएको अर्थसचिव शिशिरकुमार ढुंगानाले बाह्रखरीलाई जानकारी दिए ।

सवारी व्यवसायमा दसैंको चहलपहल बढे पनि विद्युतीय सवारी (ईभी) बिक्री ठप्प छ । युवराज खतिवडाले अर्थमन्त्रीका रुपमा अन्तिम बजेट पेस गर्दै ईभीमा शतप्रतिशतसम्म भन्सार लगाएपछि बजार पनि शून्य बनेको थियो । आजै सरकारले खतिवडालाई अमेरिकी राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले ईभीमा अन्तःशुल्क घटाएपछि ईभी बजारमा रौनकता आउने बताइएको छ ।

यसअघि दसैंको मुखैमा अर्थमन्त्री फेरिने हल्लाले व्यवसायी केही खुसी पनि बनेका थिए । तर, खतिवडा अर्थमन्त्रीबाट हटे पनि डिफ्याक्टो अर्थमन्त्रीका रुपमा कायम रहँदा व्यवसायी निराश बनेका थिए ।

नयाँ अर्थमन्त्री आएपछि लबिइङ गरेर एलसी (प्रतीतपत्र) खोलिसकिएको सवारी पुरानै भन्सार महसुलमा आयात गर्ने योजना व्यवसायीको थियो । यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालय आफ्नै पोल्टोमा राखेर युवराज खतिवडामार्फत नै मन्त्रालय चलाउने भएपछि गुमेको बजार दसैंमा फिर्ता हुने अपेक्षा व्यवसायीको थियो ।

यस्तोमा खतिवडा अमेरिकी राजदूत सिफारिस भएपछि उनीहरुले राहतको सास फरेका छन् । नेपाल विद्युतीय परिवहन संघका अध्यक्ष उमेश श्रेष्ठका अनुसार दसैंमा अटो व्यवसायको अभिन्‍न हिस्सा ईभीको व्यापार शून्य छ । धेरैजसो ईभी भन्सारमा रोकिएका छन् । व्यवसायीले एलसी खोलिसकेका कार पुरानै दरमा भन्सार जाँचपास हुनुपर्ने माग राखेका छन् ।

गत जेठमा पेस गरिएको बजेटमा तत्कालीन अर्थमन्त्री खतिवडाले विद्युतीय सवारी आयातबाट सोचेअनुसार लाभ लिन नसकेका कारण कर बढाएका थिए । त्यतिबेला विद्युतीय सवारीमा चार गुणासम्म कर बढेको थियो । त्यसको मारमा उपभोक्ता र व्यवसायी परेका थिए ।

भन्सारसहित विद्युतीय कारमा अन्तःशुल्क लगाइएको थियो । बजेटले ५० किलोवाटसम्म पिकपावर उत्पादन गर्ने मोटरजडित कारमा ३० प्रतिशत अन्तःशुल्क लाग्‍ने व्यवस्था गरेको थियो ।

यो शुल्क ५० देखि १०० किलोवाटसम्मका सवारीका लागि ४० प्रतिशत, १०० देखि १५० किलावाटसम्मका लागि ५० प्रतिशत, १५० देखि २०० किलोवाटका लागि ६० प्रतिशत, २०० देखि ३०० किलोवाटका लागि ७० प्रतिशत र त्यसभन्दा माथि किलोवाट क्षमता भएका गाडीका लागि ८० प्रतिशत कायम गरिएको थियो । बिहीबारको मन्त्रिपरिषदले यिनै करका दर कम गरेको हो ।

आर्थिक वर्ष ०७७/७८ का लागि प्रस्तुत बजेटमा विद्युतीय सवारीसाधनमा ८० प्रतिशत (यसमा ५० प्रतिशत छुट उपलब्ध अर्थात् कुल भन्सारदर ४० प्रतिशत कायम ) भन्सार शुल्क कायम गरिएको छ । यो शुल्क यसअघि १० प्रतिशत मात्र थियो भने त्यसमा भ्याट १३ प्रतिशत र सडक दस्तुर ४ प्रतिशत लाग्थ्यो । करका दर आजैदेखि लागु हुनेछन् ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…