श्रम सम्झौता पश्चात पहिलो चरणमा पाँच सय नेपाली कामदार इजरायल जान पाउने

नेपाल र इजरायलबीच श्रम सम्झौतार सातै प्रशेदमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायली परराष्ट्र मन्त्री एच.इ. गाभी अस्केनाजीले हस्ताक्षर बुधवार गरे।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधारले निरन्तरता पाउने विश्वास गरिएको छ।

त्यस्तै इजरायली विशिष्ठ श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगार सम्बन्धी सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ। सो सम्झौताले इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर। कृषि, होटेल÷रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्नेछ।

यदपि प्रत्येक क्षेत्रका लागि इम्प्लीमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुनेछ। सो प्रोटोकलमा हस्ताक्षर पश्चात केही महिनामै पहिलो चरणमा पाँच सय नेपाली इजरायल जान पाउने छन्।

हस्ताक्षरअघि राजदूत शाक्य र इजरायली परराष्ट्र मन्त्री अस्केनाभीबीच दुइृ देशका आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा भएको थियो।

भेटका क्रममा अस्केनाभीले कोरोना महामारीपछि छिट्टै नेपालका प्रधानमनत्री तथा परराष्ट्रमन्त्रीको इजरायल भ्रमण हुने विश्वास व्यक्त गरे। नेपालको सौन्दर्यले चर्चा गर्दै त्यसले नेपाल जान प्ररित गर्ने गरेको अस्केनाभीले बताए। राजदूूत शाक्यले नेपाल इजरायलबीच उच्च स्तरीय भ्रमण तथा सिँधा हवाइ उडानको आवश्यकता औल्याइन्।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…