दक्षिण चीन सागरमा चीन सक्रिय हुँदा अमेरिकालाई तनाब

वासिंटन : अमेरिकाले दक्षिण चीन सागरमा चीनको कुनै कानुनी अधिकार नभएको दावी गरेको छ । चीनले यस क्षेत्रमा सैन्य शक्ति बढाएको कुरालाई सार्वभौमसत्ताको रुपमा व्याख्या गरेको भन्दै अमेरिकाले आपत्ति जनाएको छ ।

यस क्षेत्रमा चीनले जबरजस्ती आफ्नो नियन्त्रण कायम राख्न चाहेको भन्दै अमेरिकाले यसलाई चीनले आफ्नो प्रतिज्ञा बिर्सेको आरोप लगायो । अमेरिकी विदेश विभागका प्रवक्ता मोर्गन ओर्टागसले यस्तो बताएका हुन् । पछिल्लो समय दक्षिण चीन सागरमा चीन, अमेरिका र ताइवानले आआफ्नो सक्रियता देखाइरहेका छन् । तीन पक्षबीच तनाब सिर्जना भएको छ । ताइवानको गतिविधिमा भने अमेरिकी समर्थन रहँदैआएको छ । तर चीनले ती दुबैको विरोध गरेको छ । उक्त क्षेत्रको रक्षा गर्नु आफ्नो दायित्व भएको चीनको भनाइ छ ।

चीनले पछिल्लो समय आफ्नो समुद्री सैन्य अड्डाहरूको प्रयोग गरिरहेको गतिविधिलाई लिएर अमेरिकाले आपत्ति जनाएको हो । विदेश विभागका प्रवक्ता ओर्टागसले ५ वर्षअघि चिनियाँ राष्ट्रपतिले ह्वाइट हाउसमा दिएको अभिव्यक्तिको स्मरण समेत गराएका थिए ।

‘२५ सेप्टेम्बर २०१५ मा व्हाइट हाउस रोज गार्डेनमा चिनियाँ राष्ट्रपतिले चीनले स्प्राटली टापुलाई सैन्यीकरण नगर्ने बाचा गरेका थिए । उनले यो मामलामा जबरजस्ती नगर्ने बताएका थिए । तर, चिनियाँ कम्युनिष्ट पार्टीको सरकारले यस प्रतिज्ञालाई बिर्सेको छ,’ ओर्टागसले भनेका छन् ।

चीनले भने पछिल्लो समय दक्षिण चीन समुद्री क्षेत्रमा सैन्य शक्ति वृद्धि गरिरहेको छ । उसको यस कदमलाई लिएर अमेरिका लगायत शक्तिशाली देशहरूले संयुक्त राष्ट्रसंघमा मुद्दा उठाउँदैआएका छन् ।

अमेरिकी प्रवक्ताले भने अन्तर्राष्ट्रिय समुदायले चीनको यस्तो व्यवहारलाई अस्वीकार्य र खतरनाक संज्ञा दिए । साथै यसविरुद्ध आवाज उठाउनुपर्ने उनको माग छ ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…