चीनका लागि नेपाली राजदूत पाण्डेलेभने, ‘नेपालको सीमा चीनले होइन भारतले मिचेको छ’

काठमाडौं। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालको सीमा चीनले नभइ भारतले मिचेको बताएका छन् ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सलाई दिएको एक अन्तरवार्तामा राजदूत पाण्डेले चीनसँग नेपालको कुनै पनि सीमा विवाद नरहेको बताउँदै चीन र नेपालको सम्बन्ध अटुट रहेको बताएका छन् ।

राजदूत पाण्डेले पछिल्लो समय भारतीय मिडियामा गलत समाचार आइरहेको बताउँदै ती समाचार तथ्यमा आधारित नभएको र पूर्वाग्रहबाट ग्रसित भएको बताए ।

भारतीय मिडियामा आइरहेका विषय डरको अभिव्यक्ति भएको बताउँदै राजदूत पाण्डेले भारत कुनै बेला एक उपनिवेश रहेको तर नेपाल सधैं एक स्वतन्त्र देश रहेको बताए ।

नेपाल कुनै पनि विचारधारा वा कुनै शक्तितर्फ नझुकेको बताउँदै पाण्डेले भने ‘भारतीय मिडिया पूर्वाग्रहबाट ग्रसित छन् वा अलमलिइरहेका छन् त्यसैले उनीहरु यस्ता फर्जी समाचार र प्रोपोगण्डा छापिरहेका छन् तर यो वास्तविकता होइन ।’

नेपाल र भारतबीच केही भूभागमा लामो समयदेखि समस्या रहेको बताउँदै राजदूत पाण्डेले चीनसँग भएका समस्याहरु पहिले नै एक सम्झौता गरेर सुल्झाइएको र अब नेपाल र चीनबीच कुनै समस्या नरहेको बताए । पाण्डेले भारतले नेपालको केही भूभाग कब्जा गरेको बताए ।

१९६२ मा चीन र भारतबीच युद्ध हुँदा भारत पराजित भएपछि भारतीय सेना अस्थायी रुपले नेपालमा बसेको बताउँदै पाण्डेले पछि भारतले त्यो जमिन आफ्नै भएको दावी गर्न थालेको आरोप लगाए ।

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…