साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

कोरोना भाइरसविरुद्धको खोप नेपालमा आउने निश्चित भएको छ। रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधी उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुटनिक–५’ भित्र्याउने सम्झौता भएको छ।

नेपाल ल्याइने साढे २ करोड डोज भ्याक्सिनले नेपालको ९० प्रतिशत जनसंख्यालाई समेट्ने छ। यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा आविष्कार गरिएको यो भ्याक्सिनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमाथि सफल परीक्षण गरिएको भनेर प्रचार गरिँदै आएको छ।

‘रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सहकार्य गरी कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउने सम्झौता गरेका छौं,’ ट्रिनिटीका निर्देशक किशोर अधिकारीले भने, ‘हामी स्पुटनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेका छौं। र, नेपाल सरकारको इजाजत पर्खाइमा छौं।’

रुसी फन्डले यो सम्झौतासम्बन्धी समाचार आफ्नो वेबसाइटमा पनि प्रकाशित गरेको छ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँगको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्या पुग्ने गरी भ्याक्सिन उपलब्ध हुने जानकारी दिए।

‘दसकौं अध्ययन गरिएको पद्दतिबाट विकास गरिएको खोप भएका हुनाले यसको प्रभावकारितामा शंका छैन,’ उनले भने।

यो भ्याक्सिनको क्लिनिकल ट्रायलमा यतिबेला ४० हजार स्वयंसेवी सहभागी रहेको उनले बताए।

यसको नतिजा ढिलोमा आगामी नोभेम्बरसम्ममा आइसक्ने उनको भनाइ छ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…