भारतीय सेनाद्वारा हजारौं नेपाली भर्ती गरिँदै, रजिष्ट्रेसन प्रक्रिया जारी

काठमाडौं। चीन र भारतबीच स्थिति त’नावपूर्ण छ । सीमा क्षेत्रमा २ देशका सेनाबीच भि’ड’न्त भइरहेको छ । दुवै देशले आ’क्राम’क रणनीति अपनाइरहेका छन् र दुवै तर्फबाट यु’द्धको ध’म्की दिइएको छ । यस्तो तना’वपूर्ण स्थितिमा भारतीय सेनाले अचानक ठूलो संख्यामा नेपालीहरु भर्ती गर्न थालेको छ ।

भारतीय वायु सेनाले अहिले धमाधम तीन फरक फरक पदमा भर्ती खोलेको छ र भर्ती प्रक्रिया जारी छ ।

एयरमेनको ग्रुप एक्स, ग्रुप वाइ र ग्रुप वाइ नन टेक्निकल ट्रेडमा गुजरात, कर्नाटका, ओडिशा, बिहार, हरियाणा र राजस्थानमा भर्ती लिइँदैछ । यी सबै पदको लागि अविवाहित भारतीय र नेपाली नागरिक योग्य हुने बताइएको छ ।

भर्ती कति पदका लागि खोलिएको हो भन्ने निश्चित छैन तर हजारौंको संख्यामा भर्ती गरिने अनुमान गरिएको छ । किनकि कोभिड १९ बाट सुरक्षाको लागि १ दिनमा १७५ जना उम्मेदवार मात्र परीक्षाका लागि उपस्थित हुन सक्ने व्यवस्था गरिएको छ र परीक्षा दिने अवधि १० दिनभन्दा बढी छ ।

अर्थात हरेक भर्ती केन्द्रमा १० दिनभन्दा धेरै समयसम्म परीक्षा संचालन हुने बताइएको हुँदा भर्ती संख्या हजारौंमा हुने सहजै अनुमान लगाउन सकिन्छ ।

पछिल्लो समय भारत र नेपालबीच सीमा विवाद बढेका कारण भारतीय सेनामा गोर्खाली भर्ती बन्द गर्नुपर्ने आवाज पनि उठेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेनामा गोर्खाली भर्तीको औचित्य सकिइसकेको बताएका थिए । केही समयअघि विप्लव नेतृत्वको नेकपाले पनि भारतलाई चीनसँगको यु’द्ध’मा नेपाली नखटाउन भनेको थियो ।

उता भारततर्फबाट भने गोर्खाली भर्ती रोक्ने कुरा औचित्यहीन भएको प्रतिक्रिया आएको थियो । नेपालका लागि भारतीय पूर्वराजदूत मञ्जीभसिंह पुरीले नेपालले गोर्खाली नपठाए भारतीय गोर्खाली समुदायबाट त्यसको पूर्ति गर्नुपर्ने बताएका थिए ।

अर्का पूर्वराजदूत रञ्जीत रेले भने भारतीय सेनामा भर्ती हुनु नेपाली युवाका लागि ठूलो अवसर भएको भन्दै यसबारे नेपालले धेरै पटक सोच्नुपर्ने घुमाउरो चे’तावती दिएका थिए । उनले चीनसँगको यु’द्ध’मा गोर्खाली नअटाउने कुरा अस्वीकार्य भएको बताएका थिए । रातोपाटीबाट

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…