कथामा जस्तै जब वास्तविक जिन्दगीमा पनि रुने दिन आउँछ तब कथाले अर्कै मोड लिन्छ

मुम्बई । फिल्मका कथामा अभिनेत्रीहरू यति भावुक अभिनय गर्छन् कि नरोई कहाँ सुख पाइन्छ र ? तर जब वास्तविक जिन्दगीमा पनि उनीहरूको रुने दिन आउँछ तब कथाले अर्कै मोड लिन्छ। बलिउडमा पनि धेरै अभिनेत्रीको रुने दिन आएको छ।

शनिबारको दिन बलिउडका केही अभिनेत्रीका लागि निकै दुःखद रह्यो। त्यसमध्ये एक थिइन्, दीपिका पादुकोण। नार्कोटिक्स सेन्ट्रल ब्युरो (एनसीबी)सँग सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताइएको छ।

दीपिका तीन-तीनपटक रोएपछि एनसीबीका अधिकारीले उनलाई इमोसनल कार्ड नखेल्न सल्लाह दिएका थिए। एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे। दीपिकाले सबै कुरा साँचो बोले मात्रै उनका लागि राम्रो हुने बताइयो। उनको मोबाइलसमेत जफत गरिएको छ।

दीपिकाले च्याटमा सहभागी भए पनि आफूले ला’गूऔ’षध सेवन गरेको तथा ओ’सा’रपसार गरेको आरोप अ’स्वीकार गरेकी छन्।

बयान फेरि लिइने

भारतमा ला’गूऔषध नि’यन्त्र’णसम्बन्धी ब्युरो ‘एनसीबी’ले बलिउड अभिनेत्री दीपिका पादुकोनसँग शनिबार बयानको क्रममा उनको दुई वटा मोबाइल अनुसन्धानका लागि भन्दै ज’फत गरेको छ । शनिबार उनीसँग करिब ६ घन्टा लिइएको बयानमा भरपर्दो जवाफ नआएको एनसीबीका अधिकारीहरूले बताएका छन् । पटकपटक दीपिका रोएपछि पहिलो चरणको सोधपुछमा प्रभाव परेको अधिकारीहरूको भनाइ छ ।

उनीसँग अझै दुई चरणमा थप सोधपुछ गरेपछि मात्र त्यसको परिणाम आफूहरूले बाहिर ल्याउने सो ब्युरोले जनाएको छ । दीपिकासँग बयानका क्र’ममा उनका पति एवं बलिउड अभिनेता रणवीर सिंह पनि एनसीबीको कार्यालय पुगेका थिए ।

तीन वर्षअघि अभिनेत्री दीपिका पादुकोनले बनाएको ह्वाट्सअपको एउटा ग्रुपमा  कलाकारहरूबीच ला’गू’औ’षध लेनदेनबारे कुराकानी हुने गरेको सो ब्युरोको अनुसन्धानमा खुलेको छ ।

अभिनेत्री दीपिकासँगै दि’वंगत अभिनेता सु’शान्तसिंह राजपूत, दीपिकाको म्यानेजर करिश्मा, प्रकाश र सुशान्तको म्यानेजर जया शाहबीच ला’गू’औषध से’वनबारे सो च्याटमा ग’फ हुने गरेको रेकर्ड फेला परेको छ ।

अभिनेत्री दीपिकाले सो ग्रुप आफ्नो भएको, कुराकानी पनि भएको तर आफूले ला’गूऔ’षध सेवन नगरेको दाबी गरेकी छन् । उनको अबको बयानबाट नयाँ कुरा आउनेमा एनसीबीका पदाधिकारीहरू आशावादी छन् ।

भर्खरै प्रकाशित

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि…

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि…

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…