गिरिजाबाबुपछि केपी ओली नै ‘स्ट्रोङ प्राईममिनिस्टर’ : सुजाता कोइराला

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व पराष्ट्रमन्त्री सुजाता कोइरालाले गिरिप्रसाद कोइरालापछि नेपालमा स्ट्रोङ प्राइममिनिष्टर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको टिप्पणी गरेकी छिन् ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेतृ कोइरालाले यस्तो बताएकी हुन् ।

उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि प्रधानमन्त्री ओली शक्तिशाली भएको बताईन् ।

प्रधानमन्त्री ओली बलियो हुनुको कारण भने आफूनिकट नेता/कार्यकर्ताहरुलाई संरक्षण गर्नु नै भएको पनि उनको टिप्पणी छ ।

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै असफल भएको दाबी गरिन् । उनले भनेकी छिन्,‘उहाँहरु टेष्टेड भैसक्नुभयो ।’

पार्टी सभापतिविरुद्ध वरिष्ठ नेता पौडेल समूहले तयार पारेको विरोध पत्रमा आफूले पनि हस्ताक्षर गरेको स्विकार्दै उनले त्यो गरेर आफूले गलत गरेको स्विकारिन् ।

उनले भनेकी छिन्,‘सभापतिविरुद्ध यसरी पत्र दर्ता गराउनु गलत भयो । मैले हस्ताक्षर त गरें । तर, मेरो यसमा असन्तुष्टि छ ।’

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…