पत्रकार पीडित र शर्माको पहलमा मैतीको नि:शुल्क उपचार

दाङ ! अपांगता र चरम गरिबीले थलिएकी मैती घर्ती पछिल्लो समय पाठेघर दुख्ने समस्याले आक्रान्त थिइन् ।

घोराही १६ खिरिटियामा देवरको घरमा बस्दै आएकी मैतीको लोग्ने पनि अपांग छन् । दुबैजना बोल्न सक्दैनन् । जिन्दगीमा सहारा दिने गतिलो आफन्त कोही नभएका कारण रोग पालेर बस्न बाध्य थिइन् मैती ।

यस्तै पीडामा रुमल्लिरहेको बेला नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडित र गणतन्त्र दैनिकका कार्यकारी सम्पादक पाण्डव शर्माको पहलमा मैतीको उपचार भएको छ ।

घोराहीस्थित मध्यपश्चिम पोली क्लिनिकका संचालक महावीर जिसीले मैतीको सम्पूर्ण उपचार नि:शुल्क उपचार गरिदिनु भएको छ । मध्यपश्चिम पोली क्लिनिकमा प्रसुती रोग विशेषज्ञ अनुपमा शर्माले मैतीको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

परिवार नियोजनको साधन कपर टि को प्रयोगले मैतीको पाठेघरमा घाउ भएको डा. शर्माले बताउनु भयो । डा. शर्माले कपर टि निकाली दिनुभएको छ र एक हप्तासम्मका लागि औषधि दिनुभएको छ ।

क्लिनिक संचालक जिसीले स्वास्थ्य जाँचदेखि, भिडियो एक्सरे, पिसाब जाँच र औषधि सबै नि:शुल्क गरिदिनु भएको थियो । मैतीको स्वास्थ्यमा थप जटिल समस्या देखिएमा अप्रेशन लगायत थप उपचार र औषधि नि:शुल्क उपलब्ध गराउने अस्पताल संचालकद्वय महाबीर जिसी र माधव भण्डारीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भर्खरै प्रकाशित

प्रचण्डलाई लेखराज भट्टले दिए यस्तो निम्तो

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीमा फर्किन निम्तो दिएका छन् । उनले प्रचण्डको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउंदै यसरी…

नेपाली महिलामाथि भारतीय सुरक्षा बलले हा’तपात र दु’र्व्यवहार गरेपछि बेहलीयावासी…

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालीमाथि ज्या’दती गरेको भन्दै रूपन्देहीको नेपाल-भारत सीमानाका बेलहियावासीले बुधबार साँझ प्रदर्शन गरेका छन्। सिमापारि सुनौली गएकी बेलहियाकी देवी आलेलाई चेकजाँचको…

छोराले ओगटेको सम्पत्ति फिर्ता गर्न माग गर्दै बुबा–आमा मिडियामा

काठमाडौं, १९ फागुन । जेठो छोरा प्रेमराज श्रेष्ठले काठमाडौंमा भएको घर ओगटेकोे भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) काठमाडौंमा…

प्रधानमन्त्री ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिने

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा…

प्रधानमन्त्रीका लागि मरिहत्ते गरेको छैन, पाए छाड्ने कुरै हुदैन :…

चितवन । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन् । चितवनको रत्‍ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको…