छोटा कपडा लगाउनेलाई कम्बोडियाले ल्यायो नयाँ कानुन – पुरुषलाई उत्तेजित गराउन नपाइने

काठमाडौं । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छो’टा कप’डा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ ।

१८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् ।

प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ पहिरन लगाउन तथा पुरुषलाई जिउको माथिल्लो भाग नांगो अर्थात् टपलेस हुनमा रोक लगाइनेछ ।

सांस्कृतिक परम्पराहरु तथा सामाजिक प्रतिष्ठालाई बचाउने प्रयासका रुपमा उक्त कानून बनाउन लागिएको सरकारको दाबी छ । तर धेरै मानिसहरुले त्यसको विरोध गरेका छन् ।

मोलिकालाई यस्तो कानून महिलामाथिको आ’क्र’मण हो भन्ने लाग्छ । एक कम्बोडियाली युवाको रुपमा आफू घरबाहिर पनि सुरक्षित महसुस गर्न चाहने र आफूलाई सहज महसुस हुने कपडा पहिरिन चाहने उनको भनाइ छ ।

कपडाका माध्यमबाट आफूलाई प्रस्तुत गर्न चाहने भन्दै उनले सरकारले यसमा कुनै व्यवधान नगरोस् भन्ने उनको चाहना छ । महिलालाई छोटो स्कर्ट लगाउनबाट रोक्नुका साटो संस्कृति संरक्षणका अन्य उपाय अपनाउनुपर्ने उनको सुझाव छ ।

उनले गत वर्ष सुरु गरेको अनलाइन हस्ताक्षर अभियानमा अहिलेसम्म २१ हजारभन्दा धेरै हस्ताक्षर संकलन भैसकेको छ । साथै उक्त अभियानमा #mybodymychoice नामक ह्यासट्यागको प्रयोग गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा कम्बोडियामा सरकारले आम महिलाहरु मात्र होइन गायक गायिका तथा कलाकारहरुलाई समेत उत्तेजक पहिरनमा रोक लगाउने गरेको छ ।

गत अप्रिलमा एकजना महिलालाई ६ महिनाको जेल सजायँ सुनाइएको थियो । उनलाई सोसल मिडियामा कपडा बेच्ने नाममा अश्लीलता फैलाएको आरोप लगाइएको थियो ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…