चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले फेरी भारतविरुद्ध कडा शब्दमा समाचार प्रकाशित गरेको छ। चीन र भारतबीच लद्धाखमा जारी त’नाव अझै साम्य हुन सकेको छैन । मस्कोमा दुबै देशका विदेशमन्त्रीबीच भएको पाँचबुदे सहमति कार्यन्वयन भएको देखिएको छैन । सैन्य अधिकारी स्तरमा ६ पटक भएको वार्तामा पनि कुने निष्कर्ष निस्किसकेको छैन ।
१९६२ को यु’द्ध पछि पहिलो पटक जुन १५ मा र’क्त’पातपूर्ण झडपमा २० जना भारतीय सेना मा’रिए पछि आ’क्रा’मक बनेको भारतीय अधिकारीहरुलाई उद्धत गर्दै केही दिन अघि भारतीय अखबार द हिन्दुले यदी चीनीया सेना अघि बढेमा भारतीय सेनाले गोली हान्ने चेतावनी दिए पछि चीनीया विज्ञहरुले त्यस प्रति टिप्पणी गरेका छन् ।
लिउ झोगं यीले ग्लोबल टाईम्समा प्रकाशित एक टिप्पणीमा यदी जनमुक्ति सेना बि’रुद्ध भारतीय सेनाले फा’यर गर्ने साहस गरे दोस्रो फायर गर्ने कुनै मौका नपाउने दाबी गरेका छन् ।
उनले भारतलाई विकाससील ब्रोदर देशको रुपमा हेरेका कारण चीनले यु’द्ध नचाहेको भन्दै यदी भारतले उक्साहटपूर्ण गतिविधि जारी राखेमा र फा’यर खोलेमा त्यो भारतका लाघि घा’तक हुने बताएका छन ।
लिउले भारतले अमेरीकाले चीनमाथि रणनीतिक दबाब बनाईरहेका बेला बोडर विवाद उचालेको र अमेरीकी सहारामा चीनको प्र’तिरोध गर्ने नीति लिएको भन्दै अब भारत बि’रुद्ध चीनले आफ्ना नीतिहरुमा पुर्नमुल्याकंन गर्नु पर्ने र कडा बन्नु पर्ने समय आएको सुझाव पनि दिएका छन् ।