छोरी जन्मँदा बुवाको उमेर ७४ हप्तासम्म बढ्ने पछिल्लो अनुसन्धानको निष्कर्ष

छोरीहरुले यो संसारमा जति खुसी निम्त्याउँछन्, उनीहरुले आफ्नो पिताको आयु बढाउन समेत भूमिका खेलेका हुन्छन् । यो कुरा भावना बगेर भनिएको कुरा होइन, अनुसन्धानको निष्कर्ष हो । एक अनुसन्धानका अनुसार छोरी नभएका बुवाभन्दा छोरी भएका बुवा बढी बाँच्छन् ।

सन्तान जन्मिँदा बुवामा कस्तो असर पर्छ भन्ने विषयमा खासै अध्ययन पाइँदैन, तसर्थ ज्यागेलोनियन विश्वविद्यालयका अनुसन्धाताले यसबारे गहिरो अध्ययन गरेका छन् । अनुसन्धानका लागि २,१४७ आमासहित कूल ४,३१० जनाको डाटा अनुसन्धान गरियो ।

उक्त अनुसन्धानलाई केलाउँदा अनुसन्धाताले सन्तानको संख्या वा छोराहरुले आफ्नो बुवाको उमेरमा खासै केही प्रभाव नपारेको तथ्य पत्ता लगाए । यता छोरीहरुको संख्या भने बुवाको लामो आयुसँग सम्बन्धित भेटियो ।

उक्त अनुसन्धानले दाबी गरिए अनुसार छोरीहरु भएका बुवा धेरै वर्षसम्म बाँच्छन्, जति धेरै छोरी छन् त्यति नै धेरै बाँच्छन् । किटान गरेर भन्नुपर्दा एउटी छोरीले पिताको कूल आयुमा ७४ हप्ता आयु थपिदिने गर्छिन् । यो खबर प्रत्येक पिताका लागि सुखद भएपनि आमाका लागि भने यो डाटाले खासै राम्रो सन्देश ल्याउँदैन ।

अमेरिकन जर्नल अफ ह्यूमन बायोलोजीमा प्रकाशित एक अनुसन्धानका अनुसार दुबै छोरा र छोरीले आमाको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछन् जसका कारण उनीहरुको आयु घट्ने गर्छ ।

अर्का विज्ञले हालै प्रकाशित गरेको एक अनुसन्धानमा जो महिला लामो समयका लागि एक्लै बस्छन्, उनीहरु खुसी हुने निष्कर्ष निकालेका छन् ।यस्तै अमेरिकन साइकोलोजिकल असोसिएशन जर्नल बिहेवियरल न्यूरो साइन्समा प्रकाशित अनुसन्धानका अनुसार जब छोरी आफ्ना पितासँग हुन्छिन् तब पिताको ब्रेन सिग्नल छोरासँग हुँदाभन्दा निकै भिन्न हुन्छ ।

छोरीको स–साना कुराले उनीहरुलाई खुसी दिन्छ र उनीहरुले आफूलाई छोरीप्रति बढि जिम्मेवार पाउने गर्छन् । पिताले छोरासँग भन्दा छोरीसँग आफ्नो भावना राम्रोसँग व्यक्त गर्न सक्छन् ।

यद्यपि, यो अनुसन्धानको ठिक विपरित अर्को एक अनुसन्धानका अनुसार छोरा वा छोरी दुबैले आमा–बुवाको आयु बढाउने गर्छ । पछिल्लो १४ वर्षदेखि संकलन गरिएको डाटाको अनुसन्धान गर्दा अनुसन्धाताले छोरा–छोरी नभएको जोडीभन्दा सन्तान भएका जोडी धेरै वर्षसम्म बाँच्ने तथ्य फेला पारेका छन् ।

 

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…