शनिबारको दिन बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो ।
भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ ।
धर्मा प्रोडक्सनका प्रमुख, निर्माता एवं निर्देशक करण जोहरले क्षितिज र अनुभव चोपडासँग कुनै सम्बन्ध नभएको बयान सार्वजनिक गरेका छन् । अनुभवलाई पनि यो मुद्दामा सोधपुछ गरिएको छ । क्षितिज दिल्लीमा हुँदा एनसीबीले उनको घरबाट मेरुवानाको केहि मात्रा बरामद गरेको थियो ।
करणको बयानपछि एनसीबीले यो अनुसन्धान सन् २०१९ को पार्टीलाई लिएर नभएको उल्लेख पनि गरेका छन् । शनिबार एनसीबीले करिश्मा, जया, रकुल र फेसन डिजाइनर सिमोन खम्बाटाको मोबाइल जफत गरेको छ ।
अभिनेत्री पादुकोण बयान दिने क्रममा तीनपटक भावुक भइन् । त्यसपछि एनसीबीले उनलाई ‘इमोस्नल कार्ड’ नखेल्न अनुरोध गरेको इन्डिया टूडेमा समाचार उल्लेख छ । यसअघि एक ह्वाट्सएप ग्रुपमा ला’गूऔषधको प्रयोगबारे संवादमा दिपिकाको पनि मेसेज गरेको कुरा सार्वजनिक भएको थियो ।
एनसीबीको बयानमा ह्वाटसाप च्याट गरेको स्विकारे पनि ला’गूऔषध उपभोग र कारोबार आफूले नगरेको बताइन् । दिपिकालाई पाँच घण्टा सोधपुछ गरिएको थियो । सु’शा’न्तसिंह रा’जपुतको मृ’त्युबारे भने उनलाई केही प्रश्न सोधिएन ।
अभिनेत्री श्रद्धाले पनि एनसीबीको अगाडि ला’गूऔ’षध उपभोग नगर्ने बयान दिइन् । ६ घण्टाको सोधपुछपछि उनी घर फर्किएकी थिइन् । साराअलीले आफूले चुरोट सेवन गरे पनि लागूऔषध उपभोग नगर्ने बताइन् ।
‘केदारनाथ’को छायांकनको समयमा सु’शान्तसँग नजिक भएको पनि बताइन् । एनसीबी र ड्र’ग्स मामिलाको कुनै पनि समाचार सम्प्रेषण र प्रशारण नगर्न रकुलले दिल्ली उच्च अदालतमा निवेदन दिएकी छिन् ।
दीपिकाको स्विकारोक्तिः
साढे पाँच घण्टासम्म चलेको सोधपुछमा दीपिकालाई सु’शान्त सिं’ह राजपूत वा रिया’सम्बन्धि केही पनि प्रश्न सोधिएन । एनसीबीको सबै ध्यान दीपिकाको क’रिश्मा’सँग ड्र’ग्स’बारे गरिएको कुराकानीमा मात्रै केन्द्रीत थियो । च्याटमा जुन ड्रग्सबारे कुरा भइरहेको थियो, आफू त्यसको हि’स्सा भएको उनले स्विकार गरेकी छिन् ।