कुनै बेलाका अरबपति अनिल अम्बानीले अदालतमा भने – वकिललाई तिर्न सबै गहना बेचिसकेँ मसँग एउटा कारमात्रै छ

मुम्बई। दाजु मुकेश अम्बानी एशियाका सर्वाधिक धनी छन्। लगातार कम्पनीहरू घाटामा गएर टाट पल्टिएका भाइ अनिल अम्बानीसँग भने अब एउटा कारमात्रै बाँकी छ। ‘वकिलको फिस तिर्न मैले आफ्ना सबै गरगहना बेचिसकेँ,’ उनले शुक्रबार ब्रिटेनको अदालतमा भने, ‘म एकदमै साधारण जीवन व्यतीत गरिरहेको छु।’

उनले गत जनवरीमा ९ करोड ९० लाखका गरगहना बेचेको जानकारी दिएका छन्। ‘तिमीसँग थुप्रै विलासी कारहरू थिए भनिएको छ, त्यो के भयोङ भनेर सोधियो। उनले त्यसको उत्तरमा ‘त्यो मिडियाको अडकलबाजी हो। मसँग रोल्स रोयस कार पहिले पनि थिएन। म एउटामात्रै कार प्रयोग गर्छु’ भनेका छन्।

गत मे २२ मा इंग्ल्याण्ड उच्च अदालतले अनिललाई ५,२८१ करोड रुपैयाँ बक्यौता र कानुनी प्रक्रियाको शुल्कवापत ७ करोड रूपैयाँ तिर्न आदेश दिएको थियो। उनले १२ जुनसम्ममा तीन चिनियाँ बैंकलाई ठूलो रकम तिर्नुपर्ने थियो। तिरेनन्। त्यसपछि बैंकहरूले उनको सम्पत्तिका बारेमा जानकारी मागेका थिए।

गत जुन २९ मा उनलाई आफ्नो सम्पत्ति विवरण बुझाउन भनिएको थियो। हाल भारतमा रहेका अनिल शुक्रबार भिडियो कन्फ्रेन्सिङमार्फत ब्रिटेनको अदालतमा हाजिर भएका थिए। उनले आमाको ५०० करोड र छोरा अनमोलको ३१० करोडको कर्जा रहेको बताए। ऋण लिएर ५ अर्ब रूपैयाँ रिलायन्स इनोभेन्चर्सलाई दिएको बयान उनले दिए पनि यो लगानीका सर्तबारे आफूलाई सम्झना नभएको दाबी गरे।

रिलायन्स इनोभेन्चर्समा आफ्नो १.२ करोड सेयरको कुनै मूल्य नभएको बताएका उनले पारिवारिक कोषमा आफ्नो भागिदारी नभएको पनि बताए। चिनियाँ बैंकका वकिल थांकी क्युसीले उनीसँग सोधे ‘ट्रस्टहरूमा तपाइँले आफ्नो हकका विषयमा कुनै प्रमाण दिनु भएको छैन। दिनुहुन्छ?’

अनिलले अदालतलाई बताए – ‘एकै दिन अर्थात् ३१ डिसेम्बर २०१९ बाट १ जनवरी २०२० का बीच बैंकमा जम्मा रहेको मेरो पैसा ४०.२ लाखबाट घटेर २०.८ लाखमा आयो।’ अहिलेसम्म धनी भारतीय उद्योगीको सूचीमा नाम भए पनि आफूसँग ११ लाख डलरको कलाकृतिमात्रै रहेको उनले प्रस्टीकरण दिए।

२०१९/२० मा रिलायन्स इन्फ्रास्ट्रक्चरबाट आफूले केही नपाएको उनले बताए। खराब हालतका कारण त्यसबाट फाइदा हुने अवस्था नभएको उनको जिकिर थियो। ‘मेरो व्यक्तिगत खर्च निकै थोरै छ। मेरो बाँच्ने तरिका खर्चिलो छैन। मेरो आम्दानी पनि छैन। कानुनी खर्चमा लागि गरगहना बेचेँ, अगाडि आउने खर्चका लागि म अदालतबाट स्वीकृति पाएँ भने केही सम्पत्ति बेच्छु,’ उनले भने।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…