कोरोनाको खोप सर्वसाधारणमा लैजान डब्लूएचओले दियो चीनलाई अनुमति

बेइजिङ : विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन अनुमति दिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको हो । चिनियाँ मिडियाका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको जानकारी दिए ।

यससँगै चीन डब्ल्युएचओबाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ । सरकार सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले डब्ल्युएचओले कोरोनाको खोप बारे हालै जानकारी गराएको बताएका थिए । यसअघि रुसले पनि अन्तिम चरणमा पुगेको खोप डब्लूएचओमा दर्ता गरिसकेको छ । जुन पश्चिमा देशका विज्ञहरुले थुप्रै आशंका गर्नुपर्ने र विश्वास गर्न नसकिने दावी गरेका छन् ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…