क्यान्सरबाट निधन हुनु अगाडि एक विश्व प्रसिद्ध फेशन डिजाइनर किर्जिदा रोड्रिग्जको नोट

विश्व प्रसिद्ध फेशन डिजाइनर किर्जिदा रोड्रिग्जको क्यान्सरका कारण अस्पतालमा जीवन विताइरहेका बेला लेखिएका अन्तिम शब्दहरु आम मानिसले मनन  योग्य रहेका छन्।

डोमेनिका रिपब्लिककी किर्जिदा करिव १० महिना सम्म अस्पतालमा संघर्ष गरिन्। पेटको क्यान्सरबाट ग्रसित ४० वर्षीय किर्जिदा अन्तन्त यो संसारबाट अल बिदा भइन।

झन्डै ५ लाख फलोओर रहेको उनको  इन्स्टाग्राममा उनले लेखेको एक नोटका कारण मृ’त्युपछि उनको चर्चा झनै चुलिएको थियो।  यस्तो छ उनले लेखेको त्यो अन्तिम नोट : 

१. दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ।

२. मेरो घरमा हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ।

३. बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन्। तर अब त्यो पैसा मेरो कुनै कामको छैन।

४. मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु।

५. म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे। तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेको छुँ।

६. मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएको छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ।

७. मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन।

८. म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थे तर अब मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ।

९. बिश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।
यो घर, यो कार, यो जेट, यो फर्नीचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यीनीहरूको अब मेरो लागि कुनै काम छैन। यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन्। यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…