चिनियाँ सेनाका पूर्वजनरल आंकलन : ‘भारतीबाट आश्चर्यजनक ढंगले चीनमा आ’क्रमण गर्ने ख’तरा छ

चिनियाँ सेनाका एक पूर्वजनरलले भारतले सीमा क्षेत्र लद्दाखबाट आश्चर्यजनक रूपमा ची’नमा आ’क्रमण गर्न सक्ने ख’तरा बढेको चे’तावनी दिएका छन्।

दुई देशका सैनिकबीच ल’द्दाखमा पटकपटक झ’डप भइरहेका बेला चिनियाँ जनुमुक्ति सेना (पिएलए) का पूर्वलेफ्टिनेन्ट जनरल वाङ होङगेङले त्यस्तो ख’तरा औंल्याएका हुन्।

चीनको प्रतिरक्षासम्बन्धी सामाजिक सञ्जाल लि जियानमा बुधबार प्रकाशित लेखमा पूर्वलेफ्टिनेन्ट जनरल वाङ होङगेङले भनेका छन्, ‘वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतलाई लागि ५० हजार सैनिक मात्र आवश्यक पर्छ। तर उसले जाडो सुरु हुनुअघि आफ्ना नियमित सेना फिर्ता गर्नुको साटो एक लाख सैनिक थपेको छ।’

चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टका अनुसार उनले अगाडि भनेका छन्, ‘भारतले सीमामा सैनिक दुई वा तीन गुणा थपेको छ। तीमध्ये धेरैजसोलाई एलएसी अर्थात् चीनको सीमानाबाट ५० किलोमिटरनजिकै तैनाथ गरेको छ, जो केही घण्टामै चीन प्रवेश गर्न सक्छन्।’

चीनको नान्जिङ सैनिक क्षेत्रका पूर्वउपकमान्डर वाङले द्व’न्द्वको जोखिम बढेको बताएका छन्। ताइवानको त’नाव र अमेरिकामा हुन लागेको राष्ट्रपति चु’नावको माहोलले गर्दा भारतलाई ची’नवि’रुद्ध ‘केही ठूलो’ गर्ने मौका मिल्न सक्ने उनको तर्क छ।

गत जुन १५ मा लद्दाखकाे गल’वान उपत्यकामा भारत-चीनका सेनाबीच झ’ड’प हुँदा २० भारतीय सैनिककाे मृ’त्यु भएकाे थियाे। तर चीनतर्फ के कति क्ष’ति भयाे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन।

त्यसयता सीमामा झ’गडा नगर्ने सहमति भए पनि हालैका दिनमा दुई देशका सैनिकबीच पट’क’पट हवाई फा’य’रिङ भएका छन्।

भर्खरै प्रकाशित

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अब पद छोड्नुपर्छ : गगन थापा

महोत्तरी । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले बताएका छन् । संसद्ले अब…

हेलिकप्टर चढ्न मानेनन् ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’…

‘विप्लव’का एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन्…

प्रधानमन्त्री जनताको मन–मनमा मात्रै नभइ बारी–बारी र घर–घरमा पनि

२०५६ सालको चुनावमा कांग्रेसको नारा थियो: ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’ तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै…

‘पैसावाला मन्त्री’ले रुम्जाटार घुमाए मुख्यमन्त्री राई दम्पत्तिलाई

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन…