हुम्लामा विद्युत् लाइन बिस्तार गर्न हेलिकप्टरमार्फत पोल ढुवानी

हुम्ला । हिल्दुम साना जलविद्युत् आयोजनाको लाइन विस्तार योजनामा पोल ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिएको छ । खार्पुनाथ गाउँपालिका–३, रायामा लाइन बिस्तार गर्न आयोजनाले ५० वटा पोल १० लाख रुपैयाँ भाडा तिरी हेलिकप्टरमार्फत ढुवानी गरेको हो ।

पोलहरु सदरमुकाम सिमकोटबाट गाडीमा ढुवानी गरी खार्पुनाथ गाउँपालिकाको दोभानमा पुर्‍याइएको थियो । दोभानदेखि रायासम्म पोल ओसार्न हेलिकप्टरलाई ७ मिनेट लागेको उपभोक्ता समिति अध्यक्ष टेकबहादुर वुढाले बताए । उनका अनुसार दोभानबाट रायागाउँको पैदल दूरी ३ घन्टाको छ ।

हेलिकप्टरबाट पोल ढुवानी गरिएकोप्रति स्थानीय युवाले भने बिरोध जनाएका छन् । ‘कि सदरमुकामबाटै हेलिकप्टरबाट ढुवानी गर्नुपर्थ्यो,’ स्थानीय लालधुन टमाटाले भने, ‘बीच बाटोबाट हेलिकप्टर प्रयोग गर्दा हाम्रो मजदुरी खोसियो ।’

कोरोना महामारीका कारण विकास निर्माणका काम नहुँदा अधिकांश युवा बेरोजगार बनेको उनको गुनासो छ । उपभोक्ता समितिले विकासको नाममा चरम लापरबाही र बजेटको दुरुपयोग गरेको उनले आरोप लगाए ।

राया पुर्‍याइएका पोलहरु नेपालगन्जबाट जहाजमा ढुवानी गरी सिमकोट ल्याइएको थियो । ७ मिनेटको दूरीमा एउटा पोल ढुवानी गर्न २० हजार रुपैयाँ खर्च भएको अध्यक्ष वुढाले बताए ।

‘कठिन भूगोलका कारण भरिया प्रयोग गरी पोल गाउँ लग्न सकिएन,’ उनले भने, ‘मजदुरमार्फत ओसार्दा ढिलाइ हुने भएपछि बाध्य भएर हेलिकप्टर प्रयोग गरेका हौं ।’

उनले ढुवानी रकम हेलिकप्टर कम्पनीलाई भुक्तानी दिइसकेको जानकारी दिए । उनका अनुसार पोल गाउँमा पुगेपछि गाड्ने कामलाई तीव्र पारिएको छ ।

योजनाको अधिकांश काम एक महिनाअघि नै सकिए पनि पोलकै कारण ढिलाइ भएकाले हतारमा हेलिकप्टरमार्फत ढुवानी गरिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिले सिमकोट गाउँपालिकामा पनि लाइन बिस्तारको काम जारी छ ।

ढुवानीसहित पोल र तार जडानका लागि आयोजनाले २५ लाख बजेट छुट्याएको उपभोक्ता समितिका अध्यक्ष वुढाले बताए । ‘एक महिनाभित्रै गाउँमा बिजुली बाल्ने गरी निर्माणलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘योजना सम्पन्न भएपछि गाउँका १ सय ५० घरमा विद्युत् सेवा पुग्नेछ ।’

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…