हजारौं मानिसहरुको ज्यान बचाउने एउटा मुसालाई वीरता पुरस्कारले सम्मानित

काठमाडौं। हजारौं मानिसहरुको ज्यान बचाउने एउटा मुसालाई वीरता पुरस्कारले सम्मानित गरिएको छ । अफ्रिकी जातिको यो मुसालाई बेलायतको एक संस्थाले वीरता पुरस्कारले सम्मानित गरेको हो । मुसालाई सम्मानस्वरुप स्वर्ण पदक प्रदान गरिएको छ । मगावा नामको यो मुसाले कम्बोडियामा हजारौं नागरिकको ज्यान बचाएको थियो ।

द गार्डियनको रिपोर्टअनुसार मगावाले कम्बोडियामा आफ्नो सुँघ्ने शक्तिबाट ३९ ल्याण्डमाइन (बारुदी सुरुङ) र २८ वि’ष्फोट नभएका अन्य वि’ष्फो’टकहरु पत्ता लगाएको थियो ।

यी विष्फोटकहरुका कारण हजारौंको ज्यान जाने खतरा थियो तर आफ्नो कामको क्रममा उसले यति धेरै वि’ष्फो’टक पत्ता लगाएर हजारौं ज्यान बचाएको थियो । यो वीरता पुरस्कार जित्ने मगावा पहिलो मुसा हो । मगवा अहिले ७ वर्षको छ र यो भाले मुसा हो ।

रिपोर्टका अनुसार शुक्रबार बेलायतको एक च्यारिटी संस्था पीडीएसएले यो मुसालाई सम्मानित गरेको हो । मगावाले दक्षिण पूर्वी एसियाली देश कम्बोडियामा १५ लाख वर्गफिटको क्षेत्रलाई बा’रुदी सुरुङ मुक्त बनाउने अभियानमा ठूलो सहयोग गरेको छ ।

यी बारुदी सुरुङहरु १९७० र १९८० को दशकका थिए जतिबेला कम्बोडियामा बर्बर गृ’हयुद्ध चलेको थियो । त्यतिबेला बिच्छ्याइएका बारुदी सुरुङ अहिलेसम्म थिए र तिनीहरुको वि’ष्फोटमा मानिसहरुले ज्यान गुमाइरहेका थिए ।

कम्बोडिया १९७० र १९८० को दशकमा भ’यानक गृहयु’द्धबाट प्रभावित देश हो । यस क्रममा युद्धरत दुवै पक्षले दु’श्मनलाई मार्नको लागि ठूलो संख्यामा बारुदी सुरुङ बिच्छ्याएका थिए । तर, गृ’ह’युद्ध सकिएको दशकौं बितिसक्दा समेत अझैसम्म यी बारुदी सुरुङले यहाँ मानिसको ज्या’न लिइरहेका छन् । विगत केही वर्षदेखि अहिले यहाँ मुसाहरुलाई प्रशिक्षित गरेर ती बारुदी सुरुङहरु हटाउने अभियान चलिरहेको छ ।

यी मुसाहरुलाई विशेष किसिमको प्रशिक्षण दिएर बारुदी सुरङ खोज्ने काममा लगाइन्छ । यी मुसाहरुलाई कसरी विष्फोटकमा रहेका रासायनिक पदार्थको पहिचान गर्ने र बेकार धातुहरुलाई कसरी बेवास्ता गर्ने भन्ने विषयमा प्रशिक्षत गरिन्छ ।

यसरी प्रशिक्षित मुसाहरुले निकै कम समयमा बारुदी सुरुङको पहिचान गर्न सक्छन् र आफ्ना मानिस सहकर्मीलाई यसबारे सचेत बनाउँछन् । बेलायती च्यारिटी पीडीएसए यस्तो संस्था हो जसले हरेक वर्ष जनावरहरुलाई वीरता पुरस्कार प्रदान गर्ने गर्छ । संस्थाको ७७ वर्षको इतिहासमा मुसाले वीरता पुरस्कार जितेको भने यो पहिलो पटक हो ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…