दशैँ लगत्तै लोक सेवा आयोगको राेकिएका परीक्षा हुने

काठमाण्डौ।  कोरोना भाइरसको सङ्क्रमणका कारण रोकिएको लोक सेवा आयोगको परीक्षा दशैँ लगत्तै हुने भएको छ । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो ।

आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८ गते प्रथम, १९ गते द्वितीय र २० गते तृतीय विषयको परीक्षा हुनेछ ।

त्यस्तै व्यवस्थापिका संसद् सेवाको २१ र २२ गते हुनेछ । आयोगले परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद् सेवातर्फको परीक्षा कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुने जनाएको छ ।

यस्तै नासु तहको परीक्षा मङ्सिर ७ गतेदेखि सुरु हुनेछ । सुब्बाको द्वितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परीक्षा ७ गते र तृतीय पत्र सेवाअनुसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…