जव २० हजार चराले एक हजार सैनिकलाई यु’द्धमा हराए

विश्वको इतिहासमा विभिन्न देश, ठाउँ तथा समुदायका मानिस–मानिस भएका अनेक खालका यु’द्धहरुका बारेमा त हामीले सुनेकै छौँ । तर दुनियामा एउटा यस्तो यु’द्ध पनि भयो जहाँ मानिसहरु पक्षीसँग ल’डाइँ गरे । उक्त रोचक यु’द्ध सन् १९३२ मा भएको हो ।

प्रथम वि’श्वयु’द्धपछि सेवा निवृत्त भएका केही सैनिकहरुलाई अष्ट्रेलिया सरकारले पुनर्वासका लागि जमिन दिएको थियो । त्यस्तो जमिन अधिकांस पश्चिमी अष्ट्रेलियामा पर्दथ्यो । सरकारले दिएको जमिन पाएसँगै यु’द्धवीर भुपु सैनिकहरु किसान बने र आ आफ्नो जमिनमा खेती गर्न थाले । तर केही समयपछि नै उनीहरुको बालीमाथि जंगली पंक्षी इमुको झुण्डले आ’क्रमण सुरु गर्यो । इमु भिमकाय जंगली चरा हो जुन लगभग इमु जस्तै हुन्छ । विनाशकारी इमुको संख्या २/४ होइन करीब २० हजार थियो ।

इमुको झुण्ड आउने र किसानको बालीनाली सखाप पारेर जाने गर्न थाल्यो । खेती जोगाउनका लागि लगाइएको तारबार समेत इमुले भत्काइदियो ।

इमु आ’तंक बढेपछि किसानहरुको एक प्रतिनिधिमण्डलले सरकारका प्रतिनिधिलाई भेटेर सहयोगका लागि याचना गर्यो । समस्याको गम्भीरतालाई मध्यनजर गर्दै अष्ट्रेलियाका तत्कालीन रक्षामन्त्रीले इमु वि’रुद्ध यु’द्धको घोषणा गरे र यु’द्ध गर्नका लागि सेनालाई आदेश दिए । तत्कालै मेसिनगन सहित एक सैनिक टुकडी उक्त क्षेत्रमा पठाइयो ।

सन् १९३२ नोभेम्बर २ तारखेको दिन थियो त्यो । सरकारी सेनाले इमुको झुण्डमाथि धा’वा बो’ल्यो र सुरुमा इमु भगाउने प्रयास गर्यो तर असमर्थ भए । त्यसपछि उनीहरुले एकठाउँमा जम्मा भएका ५० वटा इमुको माथि मे’सिन गनले आ’क्रमण गर्ने योजना बनाए । जब सेनाले आ’क्रमणका लागि ब’न्दुक तेर्साएका मात्र के थिए इमुको झुण्डले पत्तो पाइहाल्यो र तत्कालै कुँदेर जंगलभित्र अलप भयो ।

४ नोभेम्बरका दिनपनि यस्तै भयो । सैनिकहरुले झण्डै १ हजारको संख्यामा रहेका इमुको विशाल झुण्ड फेला पारे । उक्त झुण्डमाथि आ’क्र’मणका लागि जब फायर खोल्न थालियो तब मेसिनगन जाम भयो । मेसिनगन म’र्मत गरेर भ्याइसक्दा सम्म अधिकांश इमु त्यहाँबाट भागिसकेका थिए । तथापि सैनिकहरु १२ वटा इमु मा’र्न सफल भए ।

उक्त घ’टनापछि इमु निकै सतर्क भए । सैनिकको आ’क्रम’णबाट बँच्नका लागि इमुहरु स साना समूहमा बाँडिए र आ’क्र’मण हुनसक्ने तर्फ निकै सचेत भए । सैनिकको आ’क्र’मण’बाट बँच्दै र भाग्दै उनीहरुले बालीनाली खुब सखाप पारे । तर सैनिकहरु इमुलाई मे’सिनगनबाट सोत्तर मा’र्ने अभियानमा असफल बने ।

६ दिनसम्म चलेको उक्त का’रवाहीका क्रममा सैनिकहरुले करीब २५ सय रा’उण्ड फा’यर गरे । तर २० हजार इमुमध्ये केवल ५० वटा इमुमात्र मा’र्न सफल भए ।

त्यसैबीच इमु मार्नका लागि हतियारधारी सेना नै खटिएको उक्त समाचार अष्ट्रियामा देशव्यापी बन्यो । सञ्चारमाध्यमहरुमा निकै चर्चा भएसँगै सरकारको ठूलो आलोचना भयो । त्यसपछि सरकारले सेनालाई फिर्ता बोलायो ।

तर जब किसानका खेतमाथि इमुको आ’क्रमण तीव्र बन्यो तब एकपटक पुनः नोभेम्बर १३ मा सेनाले अर्को अ’परेसन सुरु गर्यो । तर अघिल्लोपटक जस्तै यसपटक पनि इमुहरु सेनालाई छल्न सफल भए ।

इमु वि’रुद्धको ल’डाइँमा असफल भएसँगै उक्त सैनिक टुकडीका प्रमुखले त्यतिबेला निकै रोचक टिप्पणी गरेका थिए । यदि आफूसँग ह’तियार चलाउन जान्ने इमुको एउटा डफ्फा हुन्थ्यो भने आफू विश्वका कुनै पनि सै’न्यबलको सामना गर्न सक्ने उनको भनाइ थियो ।

इमुविरुद्धको उक्त असफल यु’द्धलाई ‘द ग्रेम इमु वा’र’का नामले चिनिन्छ ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…