दीपिका पादुकोण बारे सनसनीपूर्ण खुलासा, ह्वाट्सएप ग्रुपकी एडमिन नै दीपिका

नायिका दीपिका पादुकोणको नाम ड्र’ग्सको मुद्दामा जोडिएपछि उनको बलिउड करिअर र ब्रान्डसँगको सहकार्यमा कस्तो असर पर्छ भन्ने टिप्पणी सुरु भएको छ । बलिउडका ट्रेड पण्डितहरु दीपिकाको करिअरलाई यसले ठूलो असर नगरेपनि उनको ब्रान्ड भ्यालू भने घटाउने बताउँछन् ।

भारतीय मिडियाका अनुसार, दीपिकाको नाममा करिब ६ सय करोड लगानी भैरहेको छ । जसमा २ वटा चलचित्र र ३३ वटा ब्रान्ड जोडिएका छन् ।

दीपिकाले निर्माता मधु मन्तेना र शकुन बत्राको चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् । यस्तै, एउटै विज्ञापनबाट ८ देखि १२ करोड लिने दीपिकासँग ३३ वटा ब्रान्ड जोडिएका छन् ।

बलिउडका ट्रेड एनालिस्ट तथा वितरक राज बंसलले भारतीय मिडियासँग कुरा गर्दै दीपिकाको करिअरमा यसले ठूलो असर पार्ने बताएका छन् । यतिबेला, सबैजना मानिस सेलिब्रिटीको पछि लागेको भन्दै यसले चलचित्रको कलेक्शनमा असर गर्ने बताएका छन् ।

वाट्सऐप च्याटको वास्तविकता पुष्टी गर्न नै बाँकी रहेकाले पनि दीपिकाले जेल नै जानु नपर्ने तर्क केही बलिउड पण्डितहरुको छ । तर, ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी यी सुन्दरीलाई ड्र’ग्सको मुद्दाले करिअरमा भने ठूलो असर गर्ने देखिएको छ ।

ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् दीपिका ! ग्रुपमा अरु को–को थिए ?

पछिल्लो समय ला’गु औषध विवादमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको बारेमा सनसनीपूर्ण खुलासा  भइरहेको छ । जानकारीअनुसार दीपिका त्यो ह्वाट्सएप ग्रुपकी एडमिन थिइन् जुन ग्रुपमा ड्र’ग्सबारे कुरा हुन्थ्यो र चाहिनेले आफूलाई चाहिएकोजति माग गर्थे ।

स्वयं दीपिकाले २०१७ मा त्यो ग्रुपमै ड्र’ग्सको माग गरेकी थिइन् । बताइएअनुसार त्यो ग्रु’पमा जया शाह र करिश्मा प्रकाश पनि थिए । यस्तोमा अब दीपिका झनै कठिनाइमा फस्न सक्छिन् ।

एनसीबीले शनिबार दीपिकालाई सोधपुछको लागि बोलाएको छ । क्वान कम्पनीकी म्यानेजर करिश्मा प्रकाशसँग भने शुक्रबार नै सोधपुछ गरिएको छ । यही बीचमा ड्र’ग्स’बारे चर्चा हुने ग्रुपकी एडमिन नै दीपिका भएको खुलासा हुनुने कैयौं प्रश्न उठाएको छ ।

ग्रुपमा अरु को-को थिए भन्ने अहिले खुलासा गरिएको छैन । यसले बलिउडका चर्चित अभिनेत्रीहरु यो केसमा फसेको मात्र नभइ उनीहरुको सक्रिय भूमिका भएको देखाएको छ । यो खुलासासँगै एनसीबीले दीपिकामाथि झनै कडाइका साथ अनुसन्धान गर्न सक्छ ।

यसअघि दीपिकालाई शुक्रबार नै सोधपुछ गर्ने तय थियो तर पछि उनलाई शनिबारको समय दिइयो । शुक्रबार रकुल प्रित सिंह र करिश्मा प्रकाशसँग सोधपुछको समय तय गरियो । रकुल प्रितसँग सोधपुछ भइरहेको छ र करिश्मा प्रकाशसँग पनि सोधपुछको सिलसिला सुरु हुन्दैछ । दीपिकासँगै सारा अली खान र श्रद्धा कपूरसँग पनि एनसीबीले सोधपुछ गर्नेछ । सारा र श्रद्धाको लागि पनि शनिबारकै समय तय गरिएको छ ।

 

भर्खरै प्रकाशित

कांग्रेसकाले काम गर्न नदिएको भन्दै नेकपाका वडाध्यक्षले दिए राजीनामा

धनगढी । डडेल्धुरामा निर्वाचित भएका एक वडा अध्यक्षले राजीनामा दिएका छन्। आलिताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो…

महासचिवलाई केक खुवाएर सुरु भयो नेकपा सचिवालय बैठक

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का…

चीन-अमेरिका व्यापार यु’द्ध: चीनले ल्यायो निकासीसम्बन्धी कडा कानुन

अमेरिकालाई लक्षित गरी चीनले जारी गरेका नयाँ कठोर कानुनले थप ‘नि’यन्त्रित वस्तु’ निर्यातमा रोक लगाएको छ। यी नियमहरू चिनियाँ राष्ट्रिय सुरक्षामा प्रतिकूल प्रभाव पार्न सक्ने…

चीनले बनायो पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने…

चीनका वैज्ञानिकहरुले पृथ्वीको जुनै स्थानमा पनि दुई घण्टामै पुग्न सकिने जेट इन्जिन बनाएको दाबी गरेका छन्। उक्त इन्जिन सुपरसोनिक विमानमा जडान गरिनेछ। सुपरसोनिक म्याच १६…

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

काठमाण्डाै । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनेर राखिएको गलत विवरण सच्याइएको छ । नेपाली मुलका…