जनकपुर । हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुको एक समूहले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । शुक्रबार जनकपुरधाममा चीनले नेपाली भूमि अ’तिक्रमण गरेको भन्दै अतिक्रम’णबिरुद्ध युवा नेपाल समितिले विरोध प्रदर्शन गरेको हो ।
युवा नेपाल समिति प्रदेश २ को आयोजनामा चिनियाँ अतिक्रमणबिरुद्ध रामानन्द चोकबाट शुरु भएको बिरोध प्रदर्शन जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त समितिका प्रदेश २ अध्यक्ष मोहन सिंहको अगुवाईमा निस्केको विरोध र्यालीमा युवाहरुले बैंक अफ चाइना मु’र्दा’वाद, चि’नियाँ अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चाइनिज साम्राज्य मु’र्दावाद लगायतका नाराहरु लगाएका थिए । युवाहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबिरुद्ध समेत नारा लगाएका थिए ।
कोणसभामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेशबिक्रम साहले चाइनिज अतिक्रमण बिरुद्ध नेपाल सरकार मौन रहेकाले चीनको बिरोधमा आफूहरु बिरोध प्रदर्शन गर्न बाध्य भएको बताए ।
केही दिनअगाडी मात्रै नेपालको हुम्ला जिल्लास्थित ल्याप्चामा चीनले निर्माण कार्य गरिरहेको समाचार बाहिरिएको थियो । यद्यपि, नेपाल सरकारले नेपाली भूमिमा चीनको तर्फबाट अतिक्रमण नभएको स्पष्ट पारिसकेको छ ।