२२ प्रतिशतले घट्याे आयात : निर्यातमा सामान्य वृद्धि, वैदेशिक व्यापार घाटामा समेत उच्च गिरावट

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामै वस्तु आयातमा उच्च गिरावट देखिएको छ । भन्सार विभागका अनुसार भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको छ ।

त्यसो त अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा समेत आयात भने पहिलो महिनाबाटै ओरालो लागेको थियो । आयातमा उच्च गिरावट र निर्यातमा सामान्य वृद्धि देखिँदा यो दुई महिनामा वैदेशिक व्यापार घाटामा समेत उच्च गिरावट आएको तथ्यांकले देखाएको छ ।

साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आवको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो । यो अवधिमा वस्तु निर्यात भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ ।

अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो । यो वर्ष वस्तु निर्यात १०.४९ प्रतिशतले बढेको छ । सोहीकारण वैदेशिक व्यापार घाटामा कुल २४.९३ प्रतिशतको गिरावट आएको हो ।

यो वर्ष दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ बराबरको रहेको छ । अघिल्लो आवमा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँको थियो । आयातमा भएको गिरावटले कुल वैदेशिक व्यापारको आकार समेत खुम्चिएको छ ।

दुई महिनामा कुल १ खर्ब ९९ अर्ब २८ करोडको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको दुई महिनामा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रहेको थियो । यो वर्ष कुल आकार नै १९.६४ प्रतिशतले घटेको छ ।

दुई महिनाको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.२६ प्रतिशत र आयातको हिस्सा ८९.७४ प्रतिशत रहेको छ । यो वर्ष निर्यातको हिस्सामा ३७.५० प्रतिशत सुधार भएको छ ।

भर्खरै प्रकाशित

राष्ट्रपति र प्रधानमन्त्री दुवैले अब पद छोड्नुपर्छ : गगन थापा

महोत्तरी । आफूले गरेको गल्तीको लाज प्रधानमन्त्रीलाई नलागेको तर उनलाई लाग्नुपर्ने लाजको भारी संसद्ले बोक्न नसक्ने कांग्रेस नेता गगन थापाले बताएका छन् । संसद्ले अब…

हेलिकप्टर चढ्न मानेनन् ‘विप्लव’, गाडीमै काठमाडाैं आउँदै

काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’…

‘विप्लव’का एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन्…

प्रधानमन्त्री जनताको मन–मनमा मात्रै नभइ बारी–बारी र घर–घरमा पनि

२०५६ सालको चुनावमा कांग्रेसको नारा थियो: ‘गाउँगाउँमा शिक्षा, घरघरमा रोजगार । नेपाली कांग्रेसको बहुमतको सरकार ।’ तत्कालीन एमालेका नेता केपी ओलीले यो नारालाई कटाक्ष गर्दै…

‘पैसावाला मन्त्री’ले रुम्जाटार घुमाए मुख्यमन्त्री राई दम्पत्तिलाई

काठमाडौं, २० फागुन । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ को अविस्वास प्रस्ताव सरेकै समयमा प्रदेश १ का भौतिक पूर्वाधार बिकास मन्त्री अम्बिरबाबु गुरुङले मुख्यमन्त्री शेरधन…