सडक बनाउने ठेकेदारप्रति कठोर बन्दै सरकार

सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सडक निर्माण ठेक्का अलपत्र पार्ने मुलुकभरका ठेकेदारमाथि कारबाही प्रक्रिया थालेको छ । यसबाट सरकार सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीप्रति कठोर बन्ने संकेत मिलेको छ ।

विभागका महानिर्देशक केशव शर्माले सम्झौताअनुसार काम नगर्ने ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया सुरु भएको जानकारी दिँदै अब कुनै सर्तमा काम नगर्नेले उन्मुक्ति नपाउने बताए ।

विभागले अहिले सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीहरूको विवरण तयार गरी कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउन सबै डिभिजन कार्यालयलाई निर्देशन दिएको जनानकारी उनले दिए । शर्माका अनुसार अहिलेसम्मको अवस्था हेर्दा सडकमा मात्र ५० भन्दा बढी ठेकेदार कम्पनी कालोसूचीमा पर्ने सम्भावना देखिएको छ ।

सम्झौता म्यादभित्र काम नगर्ने सबै व्यवसायीको जमानत रकम जफत गरी उनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

भर्खरै प्रकाशित

प्रचण्ड निकट नेकपा नेता पुरीका नाममा भेटियो थप १४ बिगाहा…

झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ले थप १४ बिगाहा सरकारी जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको भेटिएको छ। मंसिर ९ गते पुरी पक्राउ परेपछि…

एनआइसी एसिया बैंकका सिइओ रोशनकुमार न्यौपानेको तलब साढे २ करोड

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले वार्षिक तलब भत्ता तथा बोनस बापत २ करोड ५० लाख रुपैयाँ बुझेका छन्। एनआएसी एसियालाई…

सिरानीमा मोबाइल राखेर सुत्ने गर्नुभएको छ ? अब यो भूल…

काठमाडौं- मोबाइल फोन जीवनको अभिन्न अंग वनिसकेको छ भन्दा फरक पर्दैन । पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय विताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै…

पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ: मेयर शाक्य

काठमाडौं  महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्। काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना…

अधुरै रहयो ३० वर्षीय प्रेमबहादुर खत्रीको परिवारसँग घुम्‍ने योजना

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका…