चीनले सीमा नमिचेको दाबी गरेपछि फर्कियो सिडिओसहितको निरीक्षण टोली

अर्जुन बोहरा  / अन्नपुर्णपोस्ट 

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चास्थित नेपाली भूभागमा भवन नबनाएको चीनले दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली उक्त इलाकाको अनुगमनमा गएको थियो।

भवन बनाए नजिक पुगेको टोलीलाई चिनियाँ सैनिकले माइकिङ गर्दै ‘फर्किएर आफ्नै सीमामा जान’ अनुरोध गरेको थियो। चिनियाँ पक्षले सीमा नमिचेको माइकबाटै दाबीसमेत गरेको थियो।

‘चिनियाँ पक्षसँग टाढैबाट माइकबाट वार्ता भयो’, लाप्चा पुगेर सिमकोट फर्केका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले भने, ‘चिनियाँ पक्षले आफ्नो जमिन ललुङसम्म रहेको र आफ्नै भूभागमा घर बनाएको जिकिर गर्‍यो।’ प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकाय र गाउँपालिका अध्यक्षसहितको टोली अनुगमनमा गएको थियो।

‘नेपालले अहिलेसम्म आफ्नो सिमाना र भू–भाग कतिसम्म हो भन्ने यकिन नगरेकै कारण मिचिएको नेपाली जमिनबारे केही भन्न सक्ने अवस्था नहरेको हो’, लामाले भने।

उनले लाप्चाको हराएको भनिएको ११ नम्बर पिलरबारे दुवै देशले खोजी गर्नुपर्ने बताए। चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै रहेको स्थानीय बासिन्दाले बताउँदै आएका छन्। त्यहाँ पिलर कसरी हरायो, पत्ता लागेको छैन।

२०६६ सालमा लिमी–लाप्चा सडक निर्माण गर्दा नेपाली भूभाग भनेर आफू सो स्थानमा पाल हालेर बसेको स्मरण गर्दै अध्यक्ष लामाले अब राज्यले पिलर खोज्ने काम गर्नुपर्ने बताए। अहिले चीनले बनाएको भवन पहिले लिमीवासीको खर्क भएको उक्त क्षेत्रका वडाध्यक्ष पाल्जोर तामाङले बताए।

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…