बैंकको किस्ता र ब्याजको ताकेता नगर्नू, कोरोनाको खर्च तीन दिनमा सार्वजनिक गर्नू : विप्लव समूह

झापा । नेत्रविक्रम चन्द (विप्लव) समूहले झापाका स्थानीय तहलाई ३ दिनको अल्टिमेटम दिएको छ। विज्ञप्ति मार्फत कोरोना संक्रमणको बेला भएको खर्चको विवरण सार्वजनिक गर्न उक्त अल्टिमेटम दिएको हो।

पार्टीका जिल्ला सेक्रेटरी श्रीजंगको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा कोरोनाका नाममा स्थानीय सरकारले चरम भ्रष्ट्रचार गरेको उल्लेख गरेको छ। विप्लव माओवादीले जिल्लाका निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न पटक पटक दाबी गरको भन्दै त्यसलाई रोक्न पनि माग गरेको छ।

विज्ञप्तिमा निजी शिक्षण संस्थालाई जनप्रतिनिधिले साथ दिएको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिए अनुसार बैंक तथा वित्तीय संस्थाहरुले किस्ता र ब्याजको ताकेता गरेरकाले उक्त कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ।

विप्लव समुहले विज्ञप्ति मार्फत मागको बिषयमा गम्भीर बन्न आग्रह गरेको छ। जनप्रतिनिधिले जनताको हितमा काम नगरे जनकारवाही गर्ने चेतावनी समेत दिएको छ।

 

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…