हप्ताको दुई दिन सार्वजनिक बिदा र घुम्न जाने कर्मचारीलाई भत्ताको व्यवस्था हुनुपर्‍याे

काठमाण्डौ ।  कोरोना भाइरसको महामारी कहिलेसम्म लम्बिने हो कसैलाई पनि थाहा छैन । विश्वका धेरै देशमा आन्तरिक पर्यटकको लागि घुम्ने गन्तव्य खुला गरे पनि बाह्य पर्यटकको लागि भने सबैतिर खुला भइसकेको छैन । नेपालमा पनि गएको चैत सुरुदेखि विदेशी पर्यटक आवागमनमा रोक लगाइएको छ, यो रोक अहिलेसम्म खुलेको छैन ।

कोरोना भाइरसको महामारी समाप्त भएपछि पनि कम्तीमा एक वर्ष ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउलान् भन्ने आशा पर्यटन व्यवसायीलाई छैन । त्यसैले अब व्यवसायीहरुले आन्तरिक पर्यटनलाई जोड दिन थालेका छन्, आन्तरिक भ्रमणका प्याकेज सार्वजनिक गरिरहेका छन् । नेपाल पर्यटन बोर्डले पनि भ्रमण प्याकेज सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ ।

आन्तरिक पर्यटन बढाउनको लागि पर्यटन व्यवसायीको माग छ, ‘हप्ताको दुई दिन सार्वजनिक बिदा र घुम्न जाने कर्मचारीलाई भत्ताको व्यवस्था हुनुपर्‍याे ।’ यो माग पर्यटन व्यवसायीको मात्रै होइन पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको पनि हो ।

सोमबार यती एअरलाइन्सको २२ औँ वार्षिकोत्सव कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईँले यही कुरालाई जोड दिनुभयो । पहिले नेपाली पर्यटन व्यवसायीले विदेशी पर्यटक र डलर भन्दै पछि लागेर आन्तरिक पर्यटकलाई उपेक्षा गर्दा अहिले समस्या आएको बताउनुभयो । तर अब पर्यटनका मुख्य ग्राहक नै आन्तरिक पर्यटक हुन् भन्ने हिसाबले अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

‘कोरोना भाइरसको खोप बनेको र यसको अन्त्य भएको एक वर्षसम्म विदेशी पर्यटक मनग्य आउँदैनन्, विदेशी पर्यटक आउलान् अनि मात्रै व्यवसाय खोलौँला भनेर बस्यो भने डुब्ने अवस्था आउँछ’, नाट्टाका अध्यक्ष गुरागाईँले भन्नुभयो, ‘अब आन्तरिक पर्यटनलाई बढाउनुपर्छ, हप्ताको दुई दिन सार्वजनिक बिदा हुनैपर्छ र देशभित्रै घुम्न जाने कर्मचारीलाई केही भत्ता पनि दिनुपर्छ ।’

विश्वका धेरै देशमा हप्ताको दुई दिन सार्वजनिक बिदा हुँदा पर्यटन क्षेत्र चलायमान भएको गुरागाईँको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदी पनि हप्ताको दुई दिन बिदा दिने प्रस्तावमा सहमत हुनुहुुन्छ । सरकारी कर्मचारीमात्र होइन, कर्पोरेट हाउसहरुले पनि दुई दिन बिदा दिएर कर्मचारी घुम्न पठाउनुपर्ने सुवेदीको भनाइ छ ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…