लद्दाखको देपसङबाट भारतीय सेनालाई लखेट्दै छ चिनियाँ सेना ?

भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार राज्यसभामा लद्दाखमा चीनको सीमामा भारतीय सेनाले पारम्परिकरुपमा नै गस्ती गर्दै आएको र यसमा कुनै भ्रम नरहेको बताएका थिए ।

सिंहले भारतीय सैनिकलाई सीमामा गस्ती गर्नका लागि विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताउँदै गस्ती पहिले जस्तो थियो, त्यस्तै हुने र यसमा कुनै बदलाव नआउने बताएका थिए ।

तर, अङ्ग्रेजी पत्रिका इन्डियन एक्सप्रेसको पहिलो पानामा प्रकाशित एक रिपोर्टमा उत्तर लद्दाखको देपसङमा स्थिति एकदमै फरक रहेको छ । मे महिनामा वास्तविक नियन्त्रण रेखामा गतिरोध सुरु हुनुभन्दा एक महिनाअघि प्याङगोङ त्सोमा भारतीय सैनिकलाई फिंगर ४ देखि एलएसी (वास्तविक नियन्त्रण रेखा) फिंगर आठसम्म गस्ती गर्न जान दिइएको थियो ।

चिनियाँ सैनिकले भारतीय सैनिकको गस्ती दललाई देपसङको पाँच पारम्पिरिक विन्दुबाट भने बाटो दिन अस्वीकार गरेका छन् । यसमध्ये चीनले भारतीय सैनिकलाई गस्तीको विन्दु १०, ११, ११ए, १२ र १३ मा मार्च–अप्रिल महिनाबाट नै जान नदिएको सरकारका शीर्ष सुत्रको हवाला दिँदै इन्डियन एक्सप्रेसले लेखेको छ ।

यी पाँच गस्ती विन्दु एलएसी निकट रहेका छन् र यो भारतको क्षेत्रमा पर्दछन् । यद्यपि, कत्रो ठूलो क्षेत्रमा भारतीय सैनिकहरुलाई जान नदिइएको भन्ने खुलाइएको छैन । अनुमान अनुसार सो क्षेत्र ५० वर्ग किलोमिटर ठूलो छ ।

यी गस्ती विन्दु सामरिक हिसाबले निकै महत्त्वपूर्ण रहेका छन् । यी गस्ती विन्दुलाई नि’यन्त्रणमा लिएर चिनियाँ सेना भारतीय सेनलाई यस क्षेत्रबाट हटाउन खोजेको समाचारमा उल्लेख गरिएको छ ।

भर्खरै प्रकाशित

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…