चीन र पाकिस्तानले बजार लिने डरका कारण भारतले नेपाललाई प्याज पठाउन थाल्यो

काठमाडौं। भारतले केही दिनअघि प्याज निर्यातमा लगाएको प्रतिबन्ध ३ देशका लागि खुला गरेको छ । भारतले सेप्टेम्बर १४ मा सबैतिर प्याज निर्यातमा रोक लगाएको थियो ।

तर, छिमेकी देशको बजार पाकिस्तान र चीनले लिन सक्ने खतरा बढेपछि भारतले नेपाल, बंगलादेश र भुटानका लागि प्याज निर्यात खुला गरेको दैनिक ट्रिब्युनले लेखेको छ । भारतले रोकिराखेको ३० हजार क्विन्टल प्याजको कन्साइनमेन्ट खुला गरेको हो ।

भारतको स्थानीय बजारमा प्याजको मूल्य बढेपछि भारतले सेप्टेम्बर १४ मा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

भारतले प्रतिबन्ध लगाएसँगै नेपाल, भुटान र बंगलादेशमा प्याजको मूल्य आकाशिएको थियो । स्थिति बिग्रँदै गएपछि भारतको परराष्ट्र मन्त्रालयको पहलमा बहु मन्त्रालय स्तरको छलफलपछि प्याज निर्यात खुला गरिएको हो ।

भर्खरै प्रकाशित

कमला ह्यारिसले लगाइन् प्रबल गुरूङले डिजाइन गरेको कोट

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहणपछिको प्रार्थना सभामा प्रबल गुरूङको डिजाइन गरेको लुगा लगाएकी छन्। भर्चुअली भएको उक्त सभामा ह्यारिसले लगाएको लुगा आफूले डिजाइन गरेको…

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…