चीनलाई लद्दाखबाट हटाउन भारतसामु तीन विकल्प, सबै उस्तै हानिकारक

चिनियाँ जनमुक्ति सेनाले पूर्वी लद्दाखमा ठूलै क्षेत्रफलको भारतीय भूभाग क’ब्जामा लिएकोमा चीनलाई त्यहाँबाट हटाउन भारतसामु तीन विकल्प रहेको अमेरिकाका दुईजना रणनीतिक मामिला विशेषज्ञहरूले बताएका छन् ।

अमेरिकाको एमआईटी सेन्टर फर इन्टरनेसनल स्टडीजका लागि लेखेको एक पेपरमा एमआईटीका विपिन नारंग र अल्बानी विश्वविद्यालयका क्रिस्टोफर क्लारीले भारतको तीनैवटा विकल्प व्यावहारिक रूपमा हासिल गर्न गाह्रो रहेको उल्लेख गरिएको छ ।

चीनले भारतको भूभागमा जमाएको आधिपत्यलाई तत्कालै नउल्ट्याए वा प्रतिकार नगरे पछि गएर त्यसो गर्न झनै गाह्रो हुँदै जान्छ ।

चीनले लद्दाखमा ‘नवीन सामान्य’ स्थापना गर्न खोजेको छ र थप वार्ताका लागि वार्ता गरेर समय लम्ब्याउँदैछ । ययसँगै उसले रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानहरूमा आफ्नो प्रतिरक्षा बलियो बनाउने काम गरिरहेको छ ।

यसमा भारतले ढिलाइ गरेमा चीनलाई हटाउन वा पछि धकेल्न झनै गाह्रो पर्छ, पेपरमा तर्क गरिएको छ ।

पेपरको शीर्षक ‘पांगोङमा भारतको दुविधा ः ची’नसँगको भि’ड’न्त’पछि नयाँ दिल्लीका विकल्पहरू’ हो ।

संसारभरि ५९ ठाउँमध्ये आ’क्रान्ताले सै’न्यीकृत अन्तर्राष्ट्रिय विवादपछि गरिएका भूमि अ’ति’क्रमणमा ४७ ठाउँमा उसैले अर्को एक दशकसम्म त्यस भूमिमा कब्जा गरेको देखिन्छ । ‘यो हेर्दा अब हिमालय क्षेत्रमा चीनले अ’ति’क्रमण गरेको नयाँ भूभागमा नि’य’न्त्रण कायम गरिरहने देखिन्छ,’ रिपोर्टमा भनिएको छ ।

भारतका लागि पहिलो विकल्प भनेको चिनियाँ जनमुक्ति सेनालाई अ’ति’क्रमित भूभागबाट निकाल्ने हो । तर यसका लागि थप सैनिक र सामग्री सीमाक्षेत्रमा राख्नुपर्ने हुन्छ र त्यसको रणनीतिक तथा सामरिक समस्या छन् ।

दोस्रो विकल्प भनेको अन्त कतै गएर चिनियाँ भूभागमा कब्जा गर्नु हो । अनि त्यसैलाई बार्गेनिङको ह’ति’यार बनाएर लद्दाखबाट चिनियाँ जनमुक्ति सेनालाई हटाउने काम गर्न सकिन्छ । तर स्थल सीमा वा जलसीमा कतै पनि भारतले चीनलाई चुनौती दिनसक्ने स्थिति छैन ।

तेस्रो विकल्प भनेको चीनले भूभाग अ’ति’क्र’मण गरेको सहेर बस्ने अनि वास्तविक नियन्त्रण रेखा अपरिभाषित छ भनी देशभित्र उठ्ने विरोधका आवाजलाई मत्थर पार्ने । तर यसो गर्दा चीनलाई भारतविरुद्ध थप आ’क्रा’मक बन्न र थप भूभागमा क’ब्जा गर्न सहज हुन्छ ।

पेपरमा उल्लेख भएअनुसार, बेइजिङले अ’ति’क्र’मित गरेको भूमि फिर्ता लिन भारतसँग एकदमै कम सैन्य, कूटनीतिक वा आर्थिक विकल्प रहेकाले चुपचाप सहनुको विकल्प छैन ।

तर चीनले भारतका भूमिमा पछि गएर फेरि कब्जा नगरोस् भन्नका लागि सीमामा थप सैनिक तैनाथी गर्नुपर्ने हुन्छ । यस्तो तैनाथी सामान्य समयमा त चुनौतीपूर्ण हुन्छ भने आर्थिक संकट निम्त्याउने कोभिड–१९ महामारीका बेलामा त यो लगभग असम्भव छ ।

 

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…