संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइयो

यूएई । संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा दोस्रो पटक नेपाली झण्डा फहराइएको हो ।

नेपाली दूतावासको प्रयासपछि यूएई सरकार, बुर्ज खालिफा व्यवस्थापन तथा इमार होल्डिङ कम्पनीले दोस्रो पटक ३५ सेकेन्डका लागि नेपाली झन्डा फहराएको हो । यूएई सरकारले गएको वर्ष पनि बुर्ज खालिफामा नेपाली झण्डा फहराउन दिएको थियो ।

त्यस्तै आबुधाबीमा रहेको नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालयको भवनमा पनि नेपाली झण्डा फहराइएको छ । यो भवन आबुधाबीकाे अग्लो भवनमध्ये दोस्रो अग्लो भवन हो ।

संसारकै अग्लो भवन बुर्ज खालिफा र आबुधाबी नेशनल आयल कम्पनीको केन्द्रीय कार्यालय भएको भवनमा संसारका अन्य देशको स्वतन्त्रता दिवस तथा अन्य विशेष अवसरमा ती देशका झण्डा फहराउने गरिन्छ ।

भर्खरै प्रकाशित

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…

नेपाल जतिसुकै भारत विरोधी भएपनि हामी नेपालसंग शत्रुताको कल्पना पनि…

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका…

चीनको अर्को चमत्कार : प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न…

एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने…

भारतले आजबाट नेपाललाई अनुदानमा खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या…

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…