नेपाली भूभागमा चीनका भवन, नेपालीलाई लगायो रोक

गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सिमानाभन्दा २ किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रूपमा भवन बनाएको जानकारी दिए। यो व्यापारिक प्रयोजनका लागि रहेको जनाइएको छ।

अध्यक्ष लामाले यी भौतिक संरचना के कुराका लागि भनेर थाहा नभएको बताए। आफूले बुझ्न खोज्दा चिनियाँ पक्षका जिम्मेवार अधिकारी सम्पर्कमा नआएको उनको भनाइ छ।

लिमी–लाप्चा सडक निर्माणका क्रममा सोही स्थानमा तीनवटा भवन २०६६ सालमा निर्माण गरिएको थियो। उक्त क्षेत्र नेपाली भूभाग भए पनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न दिएका छैनन्। तर, चिनियाँ सुरक्षाकर्मी गाडी चढेर नेपाली भूभागमा ओहोरदोहोर गरेको अध्यक्ष लामाले बताए।

भवन बनाएको स्थानभन्दा एक किलोमिटर पर १२ नम्बर सीमास्तम्भ छ। त्यससँगै ११ नम्बर सीमास्तम्भ भने अहिलेसम्म पत्ता लगाउन नसकिएको वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए।

पहिला भवन बनाउने बेला लिमीवासीले कुरा उठाउँदा दुवै देशका पशुको उपचार गर्ने चिनियाँ पक्षले बताएको अध्यक्ष तामाङको भनाइ छ। उनले अर्काको जमिनमा भवन बनाउन नाम्खा गाउँपालिकासँग समन्वय गर्नुपर्नेमा त्यसो नगरेको सुनाए।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले १२ नम्बर सीमास्तम्भ र नेपाली भूभागमा भवन बनेको जानकारीमा आएको बताए। त्यसबारे बुझ्न र सीमास्तम्भको अनुगमन गर्न संयुक्त सुरक्षा निकायको टोली लाप्चा पुगेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्षको टोली भवन निर्माण गरिएको स्थानमा गएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

भर्खरै प्रकाशित

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…

कोरोना भन्दा डरलाग्दो आइसोलेशन ! संक्रमित भन्छन्- त्यहाँ जाँदै नजानुहोस्

इटहरी : १३ दिन इटहरीको आइसोलेशनमा बिताएका रामधुनी-४ का सरोज खतिवडाका लागि आइसोलेशन जेल झै भयो। न राम्रो खाना, न राम्रो व्यवहार। ‘आइसोलेशन अस्पतालजस्तै हुनुपर्ने…

टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो…

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ । टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले…

गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण भेटिएन : अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त…