अमेरिकाले पनि लगायो टिकटक र वीच्याटमा प्रतिबन्ध

अमेरिकी सरकारले वीच्याट र छोटा भिडियो सेयरिङ मोबाइल एप्स टिकटकलाई अमेरिकी एप्स स्टोरमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध भोलि आइतबारबाट लागू हुनेछ । प्रतिबन्धसँगै अब अमेरिकामा नयाँ प्रयोगकर्ताले वीच्याट र टिकटक डाउनलोड गर्न सक्दैनन् ।

हाल प्रयोग गर्दै आएका टिकटक प्रयोगकर्ताले पनि केही परिवर्तनको अनुभति गर्नेछन् । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीका अनुसार वीच्याटलाई पूर्ण प्रतिबन्ध लगाए पनि टिकटकलाई भने १२ नोभेम्बरसम्म मात्रै प्रतिबन्ध लगाइएको छ ।

यो समयसम्ममा टिकटक सञ्चालक चिनीया कम्पनी बाइटडान्सले अमेरिकी सरकारले तोकेको निश्चित सुरक्षाजन्य विधि लागू गरेमा चलाउन सक्नेछ । अमेरिकी बाणिज्य सचिव विल्वर रोजका अनुसार १२ नोभेम्बरसम्म सहमतिमा नआए टिकटक पनि पूर्ण बन्द गरिनेछ ।

उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको निर्देशनअनुसार हामीले अमेरिकी नागरिकका व्यक्तिगत डाटा संकलन गर्ने चिनियाँ खतरनाक एपसँग जुध्न उल्लेखनीय कदम चालेका छौँ ।

यसले अमेरिकी नियम तथा कानूनहरुको कडाइपूर्वक कार्यान्वयन हुनुका साथै हाम्रो राष्ट्रिय मूल्यहरुका साथै प्रजातान्त्रिक नियममा आधारित मापदण्डहरुलाई प्रर्वद्धन गर्नेछ ।’

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…