कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनले दिँदैन : प्रवक्ता ज्ञवाली

रुपन्देही । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको बताउनुभएको छ ।

प्रेस सङ्गठनले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको तर सरकार भने सकारात्मक रहेको बताउनुभयो । उहाँले देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताउनुभयो ।

‘लोडशेडिङमुक्त बनाउन कुलमान घिसिङको मुख्य भूमिका रह्यो तर उहाँको मात्रै एक्लो प्रयासले होइन सरकारको लगानी र टिम भावनाको परिणाम हो’, प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

फरक प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसी परिमार्जनसहित पारित हुने बताउनुभयो । ‘कहाँ कहाँ परिमार्जन गर्नुपर्ने हो, त्यो हुन्छ र एमसीसी पारित हुन्छ’, उहाँले भन्नुभयो ।

प्रवक्ता ज्ञवालीले मन्त्रिमण्डलको पुनर्गठन कार्य मूल्याङ्कनको आधारमा हुने बताउनुभयो । प्रधानमन्त्रीलाई सफल र सजह हुने किसिमले मन्त्रिमण्डल पुनर्गठन हुने उहाँको भनाइ छ ।

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो…

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो…

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको…

कैदी नभएपछि जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अ’पराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अ’पराधको दरमा बढोत्तरी भैरहेको छ…

एप्पलकै बाटो पछ्याउदै सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे । यद्यपि…

अपर्झट पुगेको प्रहरीलाई झुक्याउन जुवाडेहरू आपसमा टीकाटालो गरेको अभिनय गर्नथालेपछि

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित प’क्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ। प’क्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष…