काम खोज्दै तनावग्रस्त लद्दाखमा नेपाली : भारतीय सेनाको बन्दोबस्तीका सामान बोक्दा राम्रो आम्दानी

धनगढी — भारत र चीनबीचको सीमा विवादका कारण लद्दाख त’नावग्रस्त क्षेत्र मानिन्छ । पछिल्लो समय त्यहाँ दुई देशका सैनिकबीच भि’डन्त भएको खबर पनि आउने गरेको छ । तर, कामको खोजीमा त्यही तनावग्रस्त क्षेत्रमा पुग्ने नेपालीहरूको संख्या भने बढिरहेको छ ।
कैलालीको गौरीफन्टा नाकामा बुधबार १५/१६ जना युवाको समूह सीमा पार गर्ने क्रममा थियो ।

उनीहरू कामको खोजीमा लद्दाख जाँदै थिए । भारतको सीमा सडक निर्माण कम्पनीका प्रतिनिधि गाडी लिएरै सीमाक्षेत्रमा पुगेको उनीहरूले बताए । भारत–चीन सीमामा सडक निर्माण र त्यहा तैनाथ भारतीय सेनाका लागि रासनलगायतका सामान बोक्ने भरियाको काम गर्न नेपालीहरू लद्दाख जान लागेका हुन । यतिबेला भारत सरकारले लद्दाखसँग जोडिएको चीनको सीमासम्म सडक निर्माणलाई तीव्र पारेको छ ।

चार महिनायता चीनसँगको सीमा तनाव बढेपछि भारतले लद्दाख सीमाक्षेत्रमा ठूला संख्यामा सेना परिचालन गरेको छ । भारतीय सेना १५ हजार फिटभन्दा अग्ला पहाडी क्षेत्रमा तैनाथ गरिएका छन् ।भारतका अन्य ठाउँभन्दा लद्दाख क्षेत्रमा सडक निर्माण वा सेनाको बन्दोबस्तीका सामान बोक्न राम्रो आम्दानी हुने भएकाले त्यतै जान लागेको कैलालीको टीकापुरका जगत चौधरीले बताए ।

‘लद्दाखका अग्ला पहाडमा हिउँ पर्न सुरु भइसकेको छ,’ चौधरीले भने, ‘हिउँदमा पनि बोर्डरमा सडक निर्माणको काम चलिरहने भएकाले त्यहाॅ जति पनि मजदुर चाहिएको छ ।’ उनका अनुसार मौसमी कठिनाइ र भरियाको काम भारतीय मजदुरले नसक्ने भएकाले नेपाली कामदारको माग बढेको छ ।

‘पैसा राम्रो पाएपछि नेपाली जुनसुकै कठिन काम पनि गर्न मञ्जुर हुन्छन्,’ उनले भने, ‘पाकिस्तान बोर्डर कश्मीरसँगै चीनसँगको सीमाक्षेत्र लेह र लद्दाखलगायतका ठाउँमा पहिलादेखि नैं नेपाली कामदारहरू विभिन्न खाले कामका लागि पुग्ने गरेका छन् ।’

चौधरी उताबाट मजदुर खोज्न केही दिन अघि मात्रै टीकापुरस्थित घर फर्केका हुन् । आफ्नै आग्रहमा ३५ जना नेपाली मजदुर लद्दाख पुगिसकेको उनले बताए ।

उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिया नाकाबाट ठेकेदार कम्पनीले ५ सयभन्दा बढी नेपाली लद्दाख लगिसकेको छ । भदौ २६ गते रोल्पाका १२ जना नेपाली भारत पाकिस्तान सीमाको अर्को तनावग्रस्त क्षेत्र कारगिलमा गएका थिए ।

भारतका अन्य सहरमा होटल र चौकीदारीमा अहिले काम पाउन मुस्किल भएकाले जोखिम मोलेर तनावग्रस्त क्षेत्रमै जान लागेको रोल्पाकै दिलबहादुर घर्तीले बताए । ‘घरमा खाली बसेर के गर्ने ?’ उनले भने, ‘यतिबेला भारतका अन्य सहरमा होटल कलकारखाना र चौकीदार जस्तो काम पनि कमैं पाइन्छ । त्यसैले जोखिम मोलेर उतै जान लागेका हौं ।’

टीकापुरका हर्कबहादुर परियारलगायतको २५ जनाको समूह भारतको अल्मोडा चौखुट्टेमा सडक निर्माणकै कामका लागि जान लागेका थिए । हर्कबहादुरले स्वदेशमा कुनै पनि खालको रोजगारी नपाएर भारत जानुपर्ने बाध्यता रहेको बताए ।

‘सरकारलाई भनिदिनु हामी कामको खोजीमा भारत पस्यौं, भोकैं मर्न घरमा धेरै बस्न सकेनौं,’ भारत उत्तराखण्डको गडवाल जान लागेका बर्दिया बबईका अर्जुन नेपालीले भने । उनले भारतको कठिन भूगोल र मौसममा काम गर्नु रहर नभएर बाध्यता भएको बताए ।

गौरीफन्टा नाकामा खटिएका सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र कुँवरका अनुसार भदौ १० यता बिहीबार बिहानसम्म ९ हजार ६ सय १७ नेपाली कामको खोजीमा भारत पसेका छन् । हिमाचल, पन्जाब कश्मीर, पाकिस्तान बोर्डर कारगिल र उत्तरप्रदेशमा खेतीपातीका लागि जानेको सख्या धेरै रहेको उनले बताए ।

 

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…