जयनगर आइपुग्यो नेपालको रेल, शुक्रबार जनकपुर आइपुग्‍ने

जनकपुर । रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ ।

एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्‍ने रेलवे विभागले जनाएको छ ।

नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ ।

रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘रेलको दुवै सेट शुक्रबार जनकपुर आइपुग्ने सम्भावना छ,’ उनले कान्तिपुरसँग भने, ‘जनकपुरका लागि रेल हिँडिसकेको छ । भारतभित्र छ । शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्छ ।’

नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।

‘शुक्रबार रेलको सेट बुझ्ने मात्र हो । कुनै औपचारिक कार्यक्रम राखिएको छैन,’ विभागका महानिर्देशक मिश्रले भने, ‘भारतबाट कोंकण रेलवेजको टिम पनि रेलसँगै आउँदै छन् । रेलको कोच (बोगी) बनाउने इन्टेरियल कोच फ्याक्ट्रीका प्राविधिक टिमले नै रेल गुडाएर ल्याउँदै छन् ।’

ट्रायलका लागि शुक्रबार जनकपुर आएर फर्किने रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति पनि टुंगो गर्न बाँकी नै छ । नेपाल रेलवेका अधिकारीहरूका अनुसार सबै चाँजोपाँजो मिलेमा एक महिनाभित्रै नियमित सेवा थालिनेछ ।

शुक्रबार नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम जारी छ । बिजलपुरादेखि पूर्व–पश्चिम राजमार्ग छुन्ने बर्दिवाससम्मको १७ किमिमा भने जग्गा अधिग्रहण र मुआब्जाको झमेलाले निर्माण प्रक्रिया लम्बिएको छ ।

रेलवे विभागले रेल सञ्चालनका लागि यसै साता प्राविधिकसहित कर्मचारी भर्नाको विज्ञापन निकालेको छ । प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशन गरेको छ ।

 

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…