बहराइनका राजकुमार आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी

गोरखा : मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा आउने भएपछि मनास्लु क्षेत्रका बासिन्दा खुशी भएका छन्। राजकुमारसहितको १८ जनाको टोली मनास्लु क्षेत्रमा आउने भएपछि स्थानीयबासी खुशी भएको चुमनुब्री गाउँपालिका १ सामागाउँका दावा नोर्बु लामाले जानकारी दिए।पर्यटन क्षेत्र धरासायी भइरहेका बेला राजकुमारसहितको टोली मनास्लु क्षेत्रमा आउँदा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो ठाउँको प्रचारप्रसार हुने लामाले बताए।

‘राजकुमार आउने भन्ने खबरले हामी अत्यन्त खुशी भएका छौँ’, उनले भने, ‘उहाँ आउने भन्ने खबर सुनेपछि केहीदिनअघि गाउँमा बैठक पनि भएको थियो। उहाँको भ्रमणले मनास्लु क्षेत्रको पर्यटन प्रवद्र्धनमा धेरै ठूलो टेवा पुग्ने बैठकमा सहभागी भएकाहरुले विश्वास व्यक्त गरेका थिए।’

राजकुमारको भ्रमणपछि विश्वभर सकारात्मक सन्देश प्रवाह हुने र भविष्यमा मनास्लु हिमाल आरोहण गर्न र मनास्लु क्षेत्रको भ्रमण गर्ने पर्यटक उल्लेख्य वृद्धि हुने अर्का स्थानीय ठिले लामाले विश्वास व्यक्त गरे।

‘बहराइनका राजकुमारले हाम्रो मनास्लुको आरोहण गरेपछि लाखौँ खर्च गरेर पनि नपाइने प्रचारप्रसार हुन्छ’, उनले भने, ‘त्यसकारण हामी असाध्यै खुशी छौं। उहाँको भ्रमणलाई सुखद बनाउन स्थानीय स्तरबाट हुने सबै सहयोग हुनेछ।’

तर भ्रमणका कारण कोरोना संक्रमण नफैलियोस् भन्नेमा स्थानीयबासी सचेत रहेका दावा नोर्बुले जानकारी दिए। ‘उहाँहरु हेलिकोप्टरमा आएर सिधै आधार शिविरमा जानुभयो भने धेरै राम्रो हुनेछ भन्ने गाउँलेको चाहना छ’, उनले भने, ‘हाम्रो गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण छैन। उहाँहरुको आरोहणपछि पनि यस्तै अवस्था रहनेछ भन्ने हाम्रो चाहना छ।’

राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा र डिफेन्स फोर्ससहित १५ जना तथा तीनजना बेलायती नागरिक गरी १८ जनाको टोली बुधबार नेपाल आइपुगेका हुन्। उनीहरु दुई महिनाको नेपाल बसाइमा ४,९४० मिटर अग्लो लुबुचे हिमाल र ८,८४८ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्ने कार्यक्रम छ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…