कुलमानको पुन : नियुक्तिको माग गर्दै अमेरिकामा प्र’दर्शन

न्यूयोर्क​ । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुन : नियुक्तिको माग गर्दै अमेरिकामा नेपालीले विरोध प्र’दर्शन गरेका छन्। अमेरिकाको न्यूयोर्कस्थित ज्याक्शन हाइटमा जम्मा भएर गैरआवासीय नेपालीहरुले कुलमानले पुनः निरन्तरता पाउनुपर्ने माग राखेका हुन्।

प्ले कार्डसहित उपस्थित भएका नेपालीहरुले ‘हाम्रो होइन राम्रो मान्छेलाई पुर्ननियुक्ति दे’, ‘उज्यालो नेपालका अभियान्ताले निरन्तरता पाउनु पर्छ’, ‘कुलमान जिन्दावाद’, ‘जनताको चाहना कुलमानको निरन्तरता’ लगायतका नारासमेत लगाएका थिए।

आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले नेपाललाई अन्धकारबाट उज्यालोमा लैजाने कुलमानले पुर्ननियुक्ति पाउनुपर्ने धारणा राखेका छन्।

यस्तै आफ्नो मातृभूमी नेपाल अब अन्धकारमुक्त हुन कुलमानले निरन्तरता पाउनै पर्ने उनीहरुको माग थियो। कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको समेत उलेख्य सहभागिता रहेको थियो।

महासंघका अध्यक्ष लोक चेम्जोङले ओली सरकारले जनताको चाहना बुझेर तुरुन्त पुर्ननियुक्ति दिनुपर्ने धारणा राखे। उनले राम्रो काम गर्ने कर्मचारीलाई निरन्तरता दिन संविधान र कानुनलेसमेत नछेक्ने बताए।

चार वर्षे कार्यकाल सकेर प्राधिकरणबाट भर्खरै अवकास पाएका घिसिङले निरन्तरता पाउनुपर्ने भन्दै यतिखेर सामाजिक संजाल र सडकहरुमा सरकारका विरुद्धमा नाराबाजी भइरहेका छन्।

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…